२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेश नम्बर २ को सरकारी कार्यालयहरु बन्द

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

विश्वव्यापीरूपमा देखिएको कोभिड–१९ को सङ्क्रमणबाट बच्न प्रदेश नं २ का अधिकांश सरकारी कार्यालयहरु आजदेखि चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । भारतको विहार राज्यमा कोराना सङ्क्रमणबाट एकजनाको मृत्यु भएपछि प्रदेश २ का स्थानीयवासी त्रसित भएका बेला नेपालमा सम्भावित सङ्क्रमणको अवस्थालाई न्यूनीकरण गर्न चैत ९ देखि २१ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको हो । प्रदेश २ का सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले सूचना टाँस गरी सरकारी कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । नेपाल सरकारको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिकरूपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरूपमा जोडिएका सम्पूर्ण कार्य तत्कालका लागि बन्द गरिएको कार्यालयमा सूचना टाँस गरी जनाइएको छ । प्रहरी कार्यालय, स्वास्थ्य निर्देशनालय, अस्पताल जस्ता अत्यावश्यक कार्यालयहरू भने खुला छन् । धनुषाका प्रजिअ कोषहरि निरौलाले अत्यावश्यक सेवाबाहेक सबै कार्य प्रवाह चैत २१ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा, ठाडो उजुरी र मुद्दासम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरी कैदबाट छाड्ने निवेदनहरुमा सुनुवाइबाहेकका कार्यालयबाट दिने सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्तिमा भनिएको छ । यसैगरी कोरोनाको सङ्क्रमणबाट जोगिन प्रदेश नं २ मै पहिलोपटक कटहरिया नगरपालिकाले हाटबजार नलगाउन आह्वान गरेको छ । भाइरसबाट जोगिन २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन सरकारले गरेको आह्वानलाई पालना गर्दै नगरप्रमुख सियाराम कुशवाहाले हाटबजार नलगाउन आग्रह गर्नुभएको हो । प्रमुख कुशवाहाले माइकिङ र स्थानीय रेडियोमार्फत सूचना प्रवाह गरी नगरक्षेत्रअन्तर्गतको सबै बजार नलगाउन अनुरोध गर्नुभयो । यस्तै धनुषाको शहीद नगरपालिकाले समेत जनचेतनाका लागि माइकिङ र विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनुभयो । कोरोनाको त्रास बढेसँगै बर्दिवास उद्योग वाणिज्य सङ्घ बदिवासले चैत ९ गतेदेखि बर्दिवास बजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको सन्त्राससँगै महोत्तरीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बर्दिवास बजार सुनसान देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन अतिआवश्यक सेवाबाहेक सबै उद्योग तथा कलकारखाना बन्द गर्ने निर्णय गरेको हो । सङ्घले चैत ९ देखि २१ गतेसम्म कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीलाई अपिल गरेको हो । बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा खाद्यान्न चामल, दाल, तेल, नुन जस्ता दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने जनाइएको छ । “अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसाय बन्द गरी कोरोना भाइरस फैलिन नदिन सबै व्यापारी तथा नागरिकमा सरकारका निर्णय कार्यान्वयन गरी सुरक्षित बस्न अनुरोध गर्दछु”, बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिवासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो । सङ्घले विपत्को समयमा व्यवसायी उद्योगीलाई आर्थिक मार पर्ने भएको भन्दै घरधनीहरुलाई घरभाडा छुट दिनसमेत आग्रह गरेको छ । त्यस्तै सङ्घले व्यवसायीहरुको बैंक तथा वित्तीय संस्थाको ब्याज, बिजुली पानीको महसुल, कर, भ्याटमा छुट गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!