१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

नेकपा विप्लव समूहले बन्द गर्यो सम्पुर्ण संघर्षका कार्यक्रमहरु

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

विप्लव नेतृत्वको नेकपाले सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जनाएको छ। नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि गरेका छन्। महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ। हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुसीको कुरा हो। तर,जोखिम कायमै छ। यस्तो जोखिमको परिस्थितिमा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ।’ ज्ञिप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी कोरोना सङ्क्रमणका विरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह गर्दछ। यो बेला देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!