०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

चितवनमा लकडाउन सुर

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

कोरोना रोक्न भाइरस संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ। सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो । चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनुभयो। चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो। निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ। त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]