१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

पत्रकारहरु आँफू सुरक्षीत बनौ अनि मात्र अरुलाई सुचना दिउ उपाध्यक्ष

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले यस अवधिमा डिउटीमा जाने पत्रकारहरु सावधानीपूर्वक कार्यस्थलमा जान नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सम्पूर्ण नेपाली पत्रकारहरुमा अनुरोध गर्नु भएको छ ।
आफू सुरक्षीत भएर मात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिने भएकाले सर्वप्रथम आफू सचेत रहनु सम्पूर्ण पत्रकारहरुमा पोख्रेलले अनुरोध गर्नुभएको हो ।
लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकमीलाई पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई पनि उहाँले अनुरोध गर्नुभएको छ ।
‘आँफू सुरक्षीत भएरमात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिन्छ, ड्यूटिमा जाने पत्रकारहरु सावधानीकासाथ कार्यस्थलमा जाऔँ’ उपाध्यक्ष पोख्रेलले भने ‘लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकर्मीले पालना गर्नेछन्, डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई आग्रह गर्दछु । जोखीमबाट जोगीन सबैमा आग्रह गर्दछु ।’
पोख्रेलले पत्रकारहरु सजग रहन, घरबाट काम गर्ने व्यवस्था मिलाउन, बैकल्पीक मिडिया र सोसल मिडियाहरुलाई अत्यधिक, आवश्यक र सही सुचना दिन अनुरोध गर्नुभएको छ । पत्रकार सम्मेलनहरुमा नजान उहाँले सम्पूर्ण पत्रकारहरुमा अनुरोध गर्नुभयो ।
प्रेस काउन्सीलले जारी गरेको निर्देशिका पालना गर्न सम्पूर्ण नेपाली पत्रकारहरुमा उहाँले अनुरोध पनि गर्नुभएको छ ।
साथै एनटिभी प्लसले एसईई विद्यार्थीहरु लक्षीत सामाग्री प्रशारण गर्न थालेकोमा धन्यवाद दिदै स्थानीय एफएमर अन्य सञ्चारमाध्यमहरुबाट समेत यस प्रकारका सामाग्री प्रसारण गर्ने व्यवश्था मिलाउन अनुरोध गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

error: Content is protected !!