१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

पत्रकारहरु आँफू सुरक्षीत बनौ अनि मात्र अरुलाई सुचना दिउ उपाध्यक्ष

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले यस अवधिमा डिउटीमा जाने पत्रकारहरु सावधानीपूर्वक कार्यस्थलमा जान नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सम्पूर्ण नेपाली पत्रकारहरुमा अनुरोध गर्नु भएको छ ।
आफू सुरक्षीत भएर मात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिने भएकाले सर्वप्रथम आफू सचेत रहनु सम्पूर्ण पत्रकारहरुमा पोख्रेलले अनुरोध गर्नुभएको हो ।
लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकमीलाई पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई पनि उहाँले अनुरोध गर्नुभएको छ ।
‘आँफू सुरक्षीत भएरमात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिन्छ, ड्यूटिमा जाने पत्रकारहरु सावधानीकासाथ कार्यस्थलमा जाऔँ’ उपाध्यक्ष पोख्रेलले भने ‘लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकर्मीले पालना गर्नेछन्, डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई आग्रह गर्दछु । जोखीमबाट जोगीन सबैमा आग्रह गर्दछु ।’
पोख्रेलले पत्रकारहरु सजग रहन, घरबाट काम गर्ने व्यवस्था मिलाउन, बैकल्पीक मिडिया र सोसल मिडियाहरुलाई अत्यधिक, आवश्यक र सही सुचना दिन अनुरोध गर्नुभएको छ । पत्रकार सम्मेलनहरुमा नजान उहाँले सम्पूर्ण पत्रकारहरुमा अनुरोध गर्नुभयो ।
प्रेस काउन्सीलले जारी गरेको निर्देशिका पालना गर्न सम्पूर्ण नेपाली पत्रकारहरुमा उहाँले अनुरोध पनि गर्नुभएको छ ।
साथै एनटिभी प्लसले एसईई विद्यार्थीहरु लक्षीत सामाग्री प्रशारण गर्न थालेकोमा धन्यवाद दिदै स्थानीय एफएमर अन्य सञ्चारमाध्यमहरुबाट समेत यस प्रकारका सामाग्री प्रसारण गर्ने व्यवश्था मिलाउन अनुरोध गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!