२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सरकारले नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

मुलुकको आन्तरिक उडानमा रहेका वायुसेवा प्रदायक कम्पनीको हवाई सेवा सामान्य अवस्थामा रहेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गएरातिदेखि नौ दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । अन्तरराष्ट्रिय उडान बन्द रहे पनि आन्तरिक उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने बताउनुभएको थियो । निजी क्षेत्रका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सको आन्तरिक उडान सामान्य अवस्थामा भइरहेको छ । आन्तरिक उडान नियमित भइरहे पनि एकतर्फी यात्रुको सङ्ख्या कम रहेकाले केही उडान घटाइएको बुद्ध एयरले जनाएको छ । श्री एयरलाइन्सले पनि काठमाडौँबाट बाहिरिने गन्तव्यको अकुपेन्सी राम्रो भए पनि काठमाडौँ फर्कने यात्रु कम सङ्ख्यामा रहेको जनाएको छ । यती एयरलाइन्सको संस्थागत शाखाले पनि आन्तरिक उडान नियमित भइरहेको र पहिलाको तुलनामा यात्रुको चाप कम रहेको जनाएको छ । यता हेलिकप्टर कम्पनीको उडान भने प्रायः ठप्प रहेको छ । दस कम्पनीमध्ये आज जम्मा दुई वटाले मात्र उडान भरेको वायुसेवा सञ्चलक सङ्घले जनाएको छ । आन्तरिक उडानको जहाजमा पनि एकतर्फी कम सङ्ख्यामा मात्रै यात्रु रहेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक बाहेकका हवाई सेवा बन्द गर्ने विषयमा आज प्राधिकरणका पदाधिकारीसँग छलफल गरेर निर्णय लिइने बताउनुभयो । चार अन्तरराष्ट्रिय उडान कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी अन्तरराष्ट्रिय उडान बन्द गरिए पनि आज चार वटा अन्तरराष्ट्रिय उडान भएका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतार एयरवेजको दुई, इत्तिहाद एयरको एक र कोरियन एयरको एक गरी चार वटा विशेष परिस्थितिमा अनुमति लिएर गरिने उडान ‘पोजिसन फ्लाइट’ भएका छन् । यस्तो उडानमा सम्बन्धित गन्तव्यबाट काठमाडौँ विमानस्थलमा आउने जहाजमा शुन्य यात्रु हुनुपर्छ । काठमाडौँबाट भने आवश्यक यात्रु जहाजले लैजान पाउछन् । पोजिसन उडानका लागि सम्बन्धित वायुसेवा प्रदायक कम्पनीले प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ । यो उडान नियमित ‘सेडुअल’ उडान नै हुने प्राधिकरणले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम अन्तरराष्ट्रिय उडान चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरेको थियो । अन्तरराष्ट्रियतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडान भने यथावत् रहनेछन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनी र अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]