१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

चिनबाट आवश्यक स्वास्थ्य सामग्री बिमान नेपाल आउदै…

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

काठमाडौं नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संग जुध्न चाहिने आवश्यक सामाग्री सहित चिनियाँ बिमान आज नेपाल आउने भएको छ ।
विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री बिमान मार्फत पठाउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री सहितको विमान काठमाडौं तर्फ आउन लागेको हो। चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्सले आवश्यक सामाग्री तथा उपकरण बोकेर नेपाल आउने भएको हो।आजको समाचार पत्रमा खबर छ ।
नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि तथा उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्री सहितको विमान काठमाडौं पठाउन लागेको हो। नेपालले चीनसँग १९ थरी स्वास्थ्य सामाग्री मागेको छ जसमा मोबाइल एम्बुलेन्स, मास्क, थर्मोमिटर देखि कोरोना भाइरस जाँच्ने किट सम्मका सामाग्रीहरु छन्। परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा उक्त बिमान अवतरण गर्ने छ।
त्यस्तै नेपाल सरकारले भारतसँग पनि १६ थरीको स्वास्थ्य सामाग्री मागेको छ तर भारतले भने आफैँ कोरोना भाइरससँग जुधिरहेकाले उक्त सामाग्रीहरु दिने नदिने टुंगो गर्न सकेको छैन।
चीनले गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी आफ्नो देशमा नियन्त्रण भगरिसकेको छ। चीनले अहिले इटाली, स्पेन, सर्बिया जस्ता देशमा आफ्नो सहयोग केन्द्रित गरेको छ। त्यहाँ औषधि र मास्क बोकेका जहाज र चिनियाँ स्वास्थ्यकर्मी सहितको टोली धमाधम पठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!