१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

चिनबाट आवश्यक स्वास्थ्य सामग्री बिमान नेपाल आउदै…

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

काठमाडौं नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संग जुध्न चाहिने आवश्यक सामाग्री सहित चिनियाँ बिमान आज नेपाल आउने भएको छ ।
विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री बिमान मार्फत पठाउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री सहितको विमान काठमाडौं तर्फ आउन लागेको हो। चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्सले आवश्यक सामाग्री तथा उपकरण बोकेर नेपाल आउने भएको हो।आजको समाचार पत्रमा खबर छ ।
नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि तथा उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्री सहितको विमान काठमाडौं पठाउन लागेको हो। नेपालले चीनसँग १९ थरी स्वास्थ्य सामाग्री मागेको छ जसमा मोबाइल एम्बुलेन्स, मास्क, थर्मोमिटर देखि कोरोना भाइरस जाँच्ने किट सम्मका सामाग्रीहरु छन्। परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा उक्त बिमान अवतरण गर्ने छ।
त्यस्तै नेपाल सरकारले भारतसँग पनि १६ थरीको स्वास्थ्य सामाग्री मागेको छ तर भारतले भने आफैँ कोरोना भाइरससँग जुधिरहेकाले उक्त सामाग्रीहरु दिने नदिने टुंगो गर्न सकेको छैन।
चीनले गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी आफ्नो देशमा नियन्त्रण भगरिसकेको छ। चीनले अहिले इटाली, स्पेन, सर्बिया जस्ता देशमा आफ्नो सहयोग केन्द्रित गरेको छ। त्यहाँ औषधि र मास्क बोकेका जहाज र चिनियाँ स्वास्थ्यकर्मी सहितको टोली धमाधम पठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!