१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दाङमा जनता कर्फ्युको उल्लंघन ३ सय ५० सवारीसधान प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

(सागर थापा)
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार जनता कर्फ्युको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक-डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिपर १० वटा, अटो १० वटा, टेक्टर सात वटा र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।
कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लक-डाउनमा अटेर गरी चलेका सवारीसाधनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी खड्काले बताए। उनका अनुसार सबैभन्दा धेरै सवारीसाधन तुलसीपुरमा पक्राउ परेका छन्। तुलसीपुरमा इलाका प्रशासन कार्यालयले एक सय ८७ वटा सवारीसाधन पक्राउ गरेको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय दाङले २४ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३२ वटा, वडा प्रहरी कार्यालय लमहीले ४८ वटा, इलाका प्रहरी कार्यालय नारायणपुरले २१ वटा, वडा प्रहरी कार्यालय घोराहीले १८ वटा, इलाका प्रहरी कार्यालय भालुबाङले १२ वटा, प्रहरी चौकी दुईखोलीले ५ र कमिरेचोरले ३ वटा सवारीसाधन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्लामा एम्बुलेन्स, पानी, फोहोर बोक्ने सवारीसाधन सञ्चालनसँगै औषधी, डेरी, खाद्यन्नलगायतका पसलहरू खुला रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!