२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जनता कर्फ्युलाई कार्यान्वयन गर्न सेना परिचालन

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

जनकपुर सरकारले घोषणा गरेको लकडाउन उलंघन भएपछि सप्तरीका विभिन्न ठाउँमा सेना परिचालन गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीले नसकेपछि सप्तरीमा सहयोगका लागि नेपाली सेनालाई सडकमा उतार्नुपरेको हो। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा अघिपछिको भन्दा भीड कम भए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन्। फाटफुट पसलहरु पनि सञ्चालनमै छन्। मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन्। त्यस्तै, सिरहाको लाहानमा गुद्री हटिया बन्द गर्न नमान्दा प्रहरी परिचालन गरेर बन्द गराइएको छ भने सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। संक्रमणबाट बच्न घरबाहिर ननिस्किन गरेको आग्रह अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ। बिहानैदेखि सरकारको निर्णयको उल्लंघन भइरहेको भन्दै प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले यस्तै अवस्था रहे कर्फ्यू लगाउनुपर्ने पनि हुनसक्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]