११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय प्रहरीलाई विभेद IGP ज्ञेवालीको आपत्ती

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

काठमाडौँ आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले नेपाल प्रहरीलाई विभेद गरेको छ। उक्त बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। तर कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई भने प्रोत्साहन स्वरुप केहि पनि व्यवस्था सरकारले गरेको छैन्।
ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिने सिफारिस गरि रहदा प्रहरीलाई भने विभेद गरेको हो। भुइचालो गयो प्रहरी। चोरी भयो प्रहरी। आतंक फैलियो प्रहरी। केहिँ विपद भए प्रहरी। तर हरेक विषम परिस्थितिमा खट्टिने प्रहरीलाई विभेद गर्नु दुखद हो। यसै परिवेशमा, आफ्नै पिताबाट सन्तानलाई फरक व्यवहार गर्न मिल्छ?, भन्दै आइजीपी ठाकुर ज्ञवालीले गृह मन्त्रालय समक्ष मौखिक असन्तुष्टि जनाए पछि गृह प्रशाशन भत्ता दिन सकारात्मक भएको छ तर दिने निर्णय भने गरि सकेको छैन्, श्रोत त्यहिँ भन्छ।
सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ । जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!