२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जनता कर्फ्यु उलंघन गरे प्रहरीले पैदल यात्रीलाई पक्राउ गर्ने

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

(सागर थापा)
जिल्ला प्रहरी कार्यालय दाङले जनता कर्फ्युकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्राउ गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गरि सडकमा आउने नागरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जनता कर्फ्युको पहिलो दिन मंगलबार जिल्लाका विभिन्न स्थानहरुमा नागरिक सडकमा देखिएको भन्दै दोस्रो दिन बुधबार पनि अटेरी गरि सडकमा आउने नागरिकलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवार्ही गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल एवंम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले लगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सडकमा खटेर
जनता कर्फ्युको पहिलो दिन सडकमा चल्ने सवारी साधनसङ्गै नागरिकलाई पनि सचेत गराएका छन । दाङ प्रशासनले दोस्रो दिन अत्यावश्यक काम बाहेक सडकमा आउने जो कोहीलाई पनि कार्वाही गर्ने बताएको छ ।
कानुनी व्यवस्था अनुसार प्रहरीले जनता कर्फ्यु उलंघन र अटेरी गर्ने नागरिकलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुबै सजाय गर्न सक्छ ।
कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको जनता कर्फ्युलाई पालना गर्न समेत सवै नागरिकलाई आग्रह गरेको छ।
तेस्तै उनले जनता कर्फ्युको समयमा सवारीसाधन पनि नचलाउन आग्रह गरेका छन् ।
पहिले दिन सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकहरुलाई पुन गल्ती नदोह्राउन सचेत गराएको भन्दै दोस्रो सवारीसाधन चलाउनेलाई कानुन अनुसार कारवार्ही गर्ने चेतावनी दिएका छन ।
जनता कर्फ्युमा पत्रकार एम्बुलेन्स, पानी, दुध, ग्यास, तेल लगायत बोक्ने सवारीसाधनलाई भने निर्वाध रुपमा चल्न दिने बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]