१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

कोरोना संक्रमित नेपाली अस्पतालबाट डिस्चार्ज

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

लन्डनमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएकी एक नेपाली महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनको अस्पतालमा भर्ना भएकी भगवती रानाभाट अस्पतालबाट डिस्चार्ज भएकी हुन् । करिब १० दिन अगाडि लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना भएकी थिइन । उनले कोरोनाको संक्रमण निको नहुने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । फेसबुकमा आफ्नो संक्रमणबारे राख्ने सोच नभए पनि आफन्त एवं साथीभाइलाई थप भयावह बनाउला भन्ने सोचेर पूर्व सतर्कताका लागि पोस्ट गरेको उनको भनाइ छ । ‘यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छॉट्काटै छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले साबधानी अपनाउन सक्नुहुने छ’, उनले भनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!