२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सरकारले देशभर लगाएको जनता कर्फ्युको नागरिकहरुको सर्मथन

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

दाङमा कोरोना रोकथामका लागि सरकारले आब्हान गरेको देशभर जनता कर्फ्युको आज दोस्रो दिनमा पनि नागरिकले समर्थन गरेका छन् । दाङमा पहिलो दिनको तुलनामा आज दोस्रो दिनमा जनता कर्फ्युको प्रभाव परेको छ ।
बुधबार बिहानैदेखि दाङमा अत्यवश्यक सवारी साधनबाहेक अरु सवारी साधन संचालनमा आएका छैनन् । नागरिकहरु पनि घरबाहिर निस्केका छैनन् ।
सुरक्षा निकाय पत्रकार एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चलेका छन् । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुने भनिएपनि लम्बिन सक्ने सरकारले जनाएको छ ।
यसैबिच दाङमा जिल्ला प्रशासनले खाद्यान्न खरिद गर्ने समय विहान ६ देखी ९ बजे सम्म तोके अनुसार आज बिहान तीन घण्टा खाद्यान्न तथा अत्यावश्यक पस खुल्ला रहेका थिए । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा बिहान ६ देखी ९ बजेसम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदको समय तोकेको उल्लेख छ । यसैबीच सरकारले परिस्थिति अनुसार जनता कर्फ्यु लम्बिन सक्ने दाङ प्रशासनले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

  काठमाडौं । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न […]

error: Content is protected !!