१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

काठमाडौंमाको होस्टलहरु सुनसान खाली भएका छन

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

सरकारले शारीरिक दूरीमा बस्न नसकिने भन्दै नेपाल होस्टल एशाेसिएसनले होस्टल बन्द गर्ने निर्णय गरेको छ।
एशाेसिएसनले विज्ञप्ति जारी गर्दै ९ गतेबाट चैत मसान्तसम्म सबै होस्टल बन्द गर्न आह्वान गरेको थियो। उपत्यकाका करीब ९० प्रतिशत होस्टल बन्द भएको एशाेसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन्।
पाठक भन्छन्, “होस्टलमा कोठा सेयर गरेर बस्नुपर्ने भएकाले संक्रमण फैलने जोखिम हुन्छ। त्यसैले बन्द गर्ने निर्णय गरेका हौँ।”
होस्टलमा बस्नेमध्ये ९९ प्रतिशत विद्यार्थी भएको उनी बताउँछन्। बन्द गर्ने निर्णयसँगै धेरै जना घर गइसकेको होस्टल संचालकहरु बताउँछन्। कामकाजी भने होस्टलमा नै छन्।
अनामनगरस्थित कालिन्चोक गल्र्स होस्टेल संचालक भीष्मा अधिकारीले त्यहाँ बस्ने अधिकांश घर गएको बताइन्। उनी भन्छिन्, “धेरै कामकाजीहरु हुनुहुन्थ्यो। कार्यलय विदा भएपछि लकडाउन हुनुअघि आइतबार र सोमबार नै घर जानुभयो।”
३५ जना क्षमता रहेको उक्त होस्टलमा अहिले नौ जना मात्रै छन्। उनीहरुले कोठाबाटै कार्यालयको काम गरिरहेको अधिकारी बताउँछिन्। आफूले पनि अत्यावश्यक कामबाहेक बाहिर नजान सचेत गराएको जानकारी दिइन्।
शंखमुलस्थीत ओम गल्र्स होस्टलमा पनि २१ जना मध्ये १९ जना घर गइसकेको संचालक अल्पना कर्माचार्य बताउँछिन्। एशाेसिएसनले बन्द गर्न आह्वान गरे पनि दुई जनाले होस्टेलमा सुरक्षित बस्ने भनेपछि छुट दिइएको कर्माचार्यको भनाइ छ।
उनी भन्छिन्, “उहाँहरु दुई जना र हामी संचालक तीन जना गरी पाँच जना छौं। सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं।”
ललितपुरको ज्वागलस्थित साहारा होस्टलमा १८ मध्ये १२ जना घर गइसकेका छन। विद्यार्थीहरु घर गएको र कामकाजीहरु मात्र बसिरहेको वार्डेन बिना तामाङ बताउँछिन्। उनी भन्छिन्, “कोही होस्टलमा बसेर काम गर्नुहुन्छ, कोही अफिसै जानुहुन्छ। तर, विशेष सावधानीमा आउनेजाने गरिरहनुभएको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!