१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

कोरोना संक्रमित हवाई यात्रा गरेका बाँकेका चार जनाको तीब्र खोजी

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

गत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ बर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो।
किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेकै रहेको पाइएपछि उनीहरूलाई निगरानीमा राखिएको हो। किशोरी चढेको उक्त जहाजमा आएका अन्य ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा सरकारले जहाजमा सवार ब्यक्तिको पहिचान गर्न सुरू गरेको छ।
सोही जहाजमा बाँकेका चार जनाले पनि यात्रा गरेको पाइएपछि उनीहरूको खोजी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए। ‘जहाजमा चढेका चार जना बाँके निवासी रहेछन्, उनीहरूको खोजी गरेर क्वारेन्टाइनमा राख्न माथिबाट पत्र आएको छ,’ सिंहले नागरिकसँग भने ‘उनीहरूको नाम र नागरिकता नम्बर खुलाइएपनि पुरा ठेगाना थाहा नहुँदा खोज्न समस्या भएको हो।’
अहिले उनीहरू चार जनाकै खोजी गर्ने काम भइरहेको उनले बताए । ‘चार जना ब्यक्तिको खोजी गर्न हामी यसमै लागिरहेका छौं, नागरिकता नम्बरको आधारमा उनीहरुको पुरा ठेगाना पत्ता लगाउने काम भइरहेको छ डिएसपी सिंहले भने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!