२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोना संक्रमित हवाई यात्रा गरेका बाँकेका चार जनाको तीब्र खोजी

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

गत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ बर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो।
किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेकै रहेको पाइएपछि उनीहरूलाई निगरानीमा राखिएको हो। किशोरी चढेको उक्त जहाजमा आएका अन्य ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा सरकारले जहाजमा सवार ब्यक्तिको पहिचान गर्न सुरू गरेको छ।
सोही जहाजमा बाँकेका चार जनाले पनि यात्रा गरेको पाइएपछि उनीहरूको खोजी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए। ‘जहाजमा चढेका चार जना बाँके निवासी रहेछन्, उनीहरूको खोजी गरेर क्वारेन्टाइनमा राख्न माथिबाट पत्र आएको छ,’ सिंहले नागरिकसँग भने ‘उनीहरूको नाम र नागरिकता नम्बर खुलाइएपनि पुरा ठेगाना थाहा नहुँदा खोज्न समस्या भएको हो।’
अहिले उनीहरू चार जनाकै खोजी गर्ने काम भइरहेको उनले बताए । ‘चार जना ब्यक्तिको खोजी गर्न हामी यसमै लागिरहेका छौं, नागरिकता नम्बरको आधारमा उनीहरुको पुरा ठेगाना पत्ता लगाउने काम भइरहेको छ डिएसपी सिंहले भने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!