२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जरुरी सवारी साधनहरुलाई मात्र तेल दिइने

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ। सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ। “पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने गरी सूचना टाँस गरेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन (एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त साधन) लाई इन्धन उपलब्ध गराउन हामीले निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “पम्पहरुमा धेरै कर्मचारी नभएको र सम्पर्क नम्बर देखिने गरी सूचना टाँस गर्न हामीले जानकारी गराइसकेका छौँ ।” अत्यावश्यकका लागि काठमाडौँ उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको उहाँले जानकारी दिनुभयो। सुरक्षा निकायका आप्नै पम्प रहेको तथा निजी क्षेत्रका पम्पबाट नजीक रहेका अस्पताल तथा कूटनीतिक नियोगका कर्मचारी तथा पत्रकारले तेल भर्ने गरेको सूचना आफूहरुलाई आएको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!