२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङमा जनता कर्फ्यु उलंघन गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

(सागर थापा)
दाङमा जनता कर्फ्यु उलंघन गर्ने तीन जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सूचनालाई उलंघन गरेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।
जनता कर्फ्युको उलंघन गरेको विभिन्न स्थानबाट दाङ प्रहरीले २ सय ५६ अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नका लागी जनता कर्फ्यु लगाएको हो ।
जनता कर्फ्युको दोस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधन सँगै ३ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
बिहीबार देखि झनै कडाइ गरिने दाङ प्रहरीले बताए छन् । अनावश्यक बाटोमा हिड्ने पैदलयात्री र साइकल यात्रीलाई छुट दिए पनि बिहीबार देखि पक्राउ गरि कानुन बमोजिम मुद्दा चलाई १ महिना देखि ६ महिना सम्म कैद गर्ने नियममा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!