२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा कोरोना बिमारी आइसोलेसन बेडसहितको अस्पताल सञ्चालनमा

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

दाङको बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा ३० बेडको आइसोलेसन कक्ष सञ्चालनमा आएको हो । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा आयुर्बेद शिक्षण अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । कोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि तयार गरेर आइसोलेसन कक्ष सञ्चालन गरिएको हो ।
प्रदेश नम्बर ५ ले दाङसहित रुपन्देही र बाँकेमा समेत आइसोलेन सहितका अस्पताल तयार पारेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको प्रत्यक्ष निगरानी रहेको छ । दाङ, रोल्पा, प्यूठान र रुकुम पुर्बलाई लक्षित गरेर बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो ।
बिरामीको चाप बढेको खण्डमा एक सय बेड पु¥याउने लक्ष्य राखिएको छ । आइसोलेसन कक्षमा तत्कालका लागि ४६ जना स्वास्थ्यकर्मी खट्ने भएका छन् । छ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मी खटाउने निर्णइ भएको छ ।
आइसोलेसन कक्ष सञ्चालक समितिको आज बसेको बैठकले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर, यस्तै घोराही र तुलसीपुरबाट स्वास्थ्यकर्मी खटाउने निर्णय भएकोहो । उक्त कक्षमा खटिने कर्मचारीलाई सतप्रतिशत भत्ता र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ताको ब्यबस्था गर्ने पनि निर्णय भएको छ ।
दश करोडको कोष बनाउने निर्णय गरेको सरकारले नाका तथा बजारक्षेत्रलाई निगरानी गर्ने समेत निर्देशन दिएको छ । यस्तै प्रदेश अन्तर्गत रहेका नाकाक्षेत्रलाई समेत जाँचमा कडाई गर्न आग्रह गरेको छ ।
दाङमा यसअघि निजी तथा सरकारी अस्पतालहरुले ६१ वटा आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका छन् । १३ वटा अस्पतालहरुले कम्तीमा तीनदेखि दश वटासम्म आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!