२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दाङमा कोरोना बिमारी आइसोलेसन बेडसहितको अस्पताल सञ्चालनमा

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

दाङको बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा ३० बेडको आइसोलेसन कक्ष सञ्चालनमा आएको हो । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा आयुर्बेद शिक्षण अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । कोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि तयार गरेर आइसोलेसन कक्ष सञ्चालन गरिएको हो ।
प्रदेश नम्बर ५ ले दाङसहित रुपन्देही र बाँकेमा समेत आइसोलेन सहितका अस्पताल तयार पारेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको प्रत्यक्ष निगरानी रहेको छ । दाङ, रोल्पा, प्यूठान र रुकुम पुर्बलाई लक्षित गरेर बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो ।
बिरामीको चाप बढेको खण्डमा एक सय बेड पु¥याउने लक्ष्य राखिएको छ । आइसोलेसन कक्षमा तत्कालका लागि ४६ जना स्वास्थ्यकर्मी खट्ने भएका छन् । छ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मी खटाउने निर्णइ भएको छ ।
आइसोलेसन कक्ष सञ्चालक समितिको आज बसेको बैठकले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर, यस्तै घोराही र तुलसीपुरबाट स्वास्थ्यकर्मी खटाउने निर्णय भएकोहो । उक्त कक्षमा खटिने कर्मचारीलाई सतप्रतिशत भत्ता र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ताको ब्यबस्था गर्ने पनि निर्णय भएको छ ।
दश करोडको कोष बनाउने निर्णय गरेको सरकारले नाका तथा बजारक्षेत्रलाई निगरानी गर्ने समेत निर्देशन दिएको छ । यस्तै प्रदेश अन्तर्गत रहेका नाकाक्षेत्रलाई समेत जाँचमा कडाई गर्न आग्रह गरेको छ ।
दाङमा यसअघि निजी तथा सरकारी अस्पतालहरुले ६१ वटा आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका छन् । १३ वटा अस्पतालहरुले कम्तीमा तीनदेखि दश वटासम्म आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!