२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोनाको त्रासकाे बेला जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

दुधौली नगरपालिका१गिचियानीमा गएराति हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय देवु धामी र उनकी श्रीमती ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन्।
घाइते दुबैलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पताल लगिएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए।
राति घरमै सुतेको बेला हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन्। देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ।
हात्तीले घर पूर्णरूपमा क्षति गरेको छ। विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए।
कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने अवस्था छ। यसमा हात्तीको समेत त्रास थपिँदा आफूहरु दोहोरो त्रासमा परेको स्थानीयले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!