१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

कोरोनाको त्रासकाे बेला जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

दुधौली नगरपालिका१गिचियानीमा गएराति हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय देवु धामी र उनकी श्रीमती ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन्।
घाइते दुबैलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पताल लगिएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए।
राति घरमै सुतेको बेला हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन्। देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ।
हात्तीले घर पूर्णरूपमा क्षति गरेको छ। विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए।
कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने अवस्था छ। यसमा हात्तीको समेत त्रास थपिँदा आफूहरु दोहोरो त्रासमा परेको स्थानीयले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!