२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

क्वारेन्टाइनमा बस्ने को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले व्याहोर्ने: नगर प्रमुख शाह

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

अजय मिश्र, कृष्णनगर, चैत्र १३
कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ ।
कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ ।
भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ ।
आवस्यकता अनुसार क्वारेन्टाइन मा बस्ने व्यवस्था गरिन्छ.
क्वारेन्टाइनमा बस्ने को खाना, नास्ता, दैनिक सर सफाई लगायत अन्य आवस्यकता को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिका ले दिदै आएको छ ।
भाडा र सकेसम्म नजिक भए घर सम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको र विजयनगर गाउँ पालिका , शिवराज नगरपालिका भन्दा कृष्णनगर नगरपालिका मा चाप बढी नै रहेको र आफू र नगरपालिका को तर्फ बाट हुने सम्पूर्ण सहयोग गरेको नै छु र मानवीय सेवामा सम्पूर्ण नगरपालिका टीम लागेकाे कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले जिक्र गर्नु भयो । कृष्णनगर नगरपालिका वडा नं २,३ समेतको कृष्णनगरको महेन्द्र मा. वि. मा ३० बेड को क्वारेन्टाइन तयार भै सकेको र थप २० बेडको क्वारेन्टाइन तयार हुदै गरेको त्यस्तै वडा नं ८ र ९ को लागी जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाकी वडा मा समेत ४-४ बेड का दरले क्वारेन्टाइन निर्माण भै सकेको जानकारी कृष्णनगर नगरपालिका ले दिएको छ ।
साथै क्वारेन्टाइन को सुरक्षाका लागी दिउसो ५ र रात्रि मा ७ जना सुरक्षाकर्मी पठाएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।
साथै सशस्त्र प्रहरी ले समेत ७-७ जना दिउसो र रात्री मा सुरक्षा का निम्ति पठाएको जानकारी सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्म पति सुशिल शाही ले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!