२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

लगडाउनमा ११ बजेदेखि १ बजेसम्म बैंकहरु खुल्ने

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

काठमाडौं लकडाउनको अवस्थामा बैंकका निश्चित शाखाहरुले सेवा दिने भएका छन् । अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका हुन्। कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन्। नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ। उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो। बैंकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले प्रदेश तथा स्थानीय तहहरुमा स्थानीय प्रशासनसँगको समन्वयमा बैंकको अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। बैंकहरुले उच्चस्तरीय समिति र राष्ट्र बैंकको निर्देशन अनुसार आजदेखि आंशिक रुपमा सञ्चालन गर्न लागेका हुन्। साथै सरकारले चैतभित्र बुझाउनुपर्ने ब्याज तथा किस्ता बुझाउन नसकेपछि जरिवाना नगर्न समेत बैंकहरुलाई निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!