२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गाईवस्तु हरुको दाना अभाव

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

काठमाडाैं राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार नै पराल सकिएको छ । पराल काटेर बनाएको भुसा लकडाउन हुनुअघि एक बोरा रु ४५० मा पाइन्थ्यो । अहिले रु ६०० मा पनि पाउन छाडेको छ । केहीले एक बोरा भुसा रु एक हजारमा समेत किन्ने गरेका छन्, त्यो पनि पाईदैन् । “बुधबार छ बोरा भुसा ल्याएकी थिएँ, आजै सकिने अवस्था छ, अब गाईलाई के खुवाउने ?”, राउतले पीडा सुनाउनुभयो । उहाँको फार्ममा २५ गाई छन् । गाई कसरी बचाउने भन्ने चिन्ताले राउतलाई सताएको छ । यस्तै काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा २१ गाई पालिरहनुभएका भोजराज कार्कीको पनि राउतको जस्तै अवस्था भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट ल्याउने गरिएको दाना तीन दिनदेखि बन्दका कारण ल्याउन नसकिएको उहाँले बताउनुभयो । “तराईबाट पराल समेत ल्याउन नसक्दा अब के गर्ने भन्ने पिरलो भएको छ”, कार्कीले भन्नुभयो । दानाको अभाव भएपछि उहाँले राजधानीका विभन्न तरकारी बजारबाट बासी तरकारी किनेर खुवाउने गरेको कार्कीले बताउनुभयो । “अहिले तरकारी बजार सबै बन्द छन् । गाईलाई खुवाउने जोहो गर्न अब कुनै विकल्प छैन”, उहाँले भन्नुभयो । कार्कीको फार्ममा अनामनगर, घट्टेकुलो, बानेश्वरलगायत ठाउँबाट सर्वसाधारण दैनिक बिहान र बेलुका दूध किन्न आउने गरेका थिए । ती सबै अब आउन छाडेको कार्कीले बताउनुभयो । यसैगरी चाङ्गुनारायण नगरपालिका–९ सरस्वतीखेलमा ‘हाम्रो डेरी तथा कृषि फार्म हाउस’ चलाउँदै आउनुभएका दीपक बुढाथोकी दाना र भुसाको मूल्य अत्यधिक वृद्धि भएपछि गाईपालन गर्न समस्या भएको बताउनुभयो । यो समस्या उहाँको मात्र होइन, राजधानीका तीनवटै जिल्लामा रहेका सयौँ गाई, बाख्रा र र्भैँसी फार्म सञ्चालकको हो । लकडाउनका कारण दाना आपूर्ति गर्न असहज भएपछि गाईवस्तु बचाउन उनीहरुलाई समस्या भएको छ । बुधबार सरकारले कुखुराको दाना बोक्ने सवारीसाधनलाई निर्वाध रुपमा चलाउन दिने निर्णय गरेको थियो । यस्तै व्यवस्था आफूहरुको हकमा पनि गर्नुपर्ने गाई, भैँसी र बाख्रापालन गर्ने किसान तथा व्यवसायीको माग छ । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नीतिगतरूपमा गाईवस्तुका लागि दाना ढुवानी गर्न समस्या नभएको बताउनुभयो । “दाना ढुवानी गर्न सरकारले छुट दिएको छ, रोकेको छैन”, उहाँले भन्नुभयो । दानाबाहेक पराल, घाँस, भुसालगायत वस्तु ढुवानीका लागि सवारी साधनलाई सञ्चालन गर्न छुट दिने विषयमा स्थानीय प्रशासनका तर्फबाट केही समस्या आएको सुन्नमा आएको र यसबारे गृह मन्त्रालयसित छलफल गरिने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!