२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

फुलवारीमा कोरोना भाइरस विरुद्ध्को सचेतान अभियान

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

देविराम कुसारी
फुलवारी, चैत्र १३ । तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १३ फुलवारीमा आज कोरोना भाइरसका विरुद्ध्को सचेता अभियान गरिएको छ ।
वडा नम्वर १३ का वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको नेतृत्वमा पुलचौक वाट सुरु भएको सचेतना अभियानले वडाका विभिन्न वस्तीमा पुगी माइकिङ् गर्नुका साथै प्रचा पम्लेट वितरण गरी समुदायका व्यक्तिलाई सचेताना गराएको छ । अभियान टोलिले वडाका बखरिया, ढकना, दमारगाउँ, अम्बापुर, गिधनिया, मझघटुवा, रनियापुर, वराखुटी, सिमल खुटी, गाई खुटी, भित्तावाङ लगाएतका वस्तीमा पुगी सचेतना जगाएको हो ।
सचेतना अभियानमा नेपाल रेडक्रस जिल्ला शाखा सदस्य हरिहर पौडेल, वडा सदस्य विनोद पाण्डे, इलाका प्रहरी कार्यालय फुलवारीका प्रमख खड्गबहादुर बुढा, अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रमुख बलबहादुर सुनार, श्री नम्वर २ वन तथा पर्यावरणिय सुरक्षा गण अम्वापुरका प्रमुख नारायणबहादुर आर्याल, स्वाथ्य चौकी फुलवारीका अहेब गणेश वली, पत्रकार महासंघका केन्द्रिय सभासद देविराम कुसारी लगाएतको सहभागिता रहेको थियो । अभियानले सरकारले गरेको लक डाउनको निर्णयलाई लागु गरे नगरेको समेत अनुगमन गरेको थियो ।
अभियानका क्रममा धेरैले सरकारको निर्णय पालना नगरेको पाइएको हुदा अब देखी पालना नगर्नेलाई कारवाही गरिने सुरक्षा समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिनुभएको छ ।
यसैविच दंगिशरण १ मा पुर्ण सरफई एंव साबुन पानीले हात धुने सचेतना कार्यक्र सम्पन्न भएको छ ।
नेपाली काँगे्रसका इकाई सभापति रमेश भण्डारीको लगानी तथा पहलमा यो सचेतनाको अभियान थालिएको हो । अभियनमा कसरी हात धुने र पुर्ण सरसफईका वारेमा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!