२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जनता कर्फ्युको उलंघन गर्ने २७ जना दाङ प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

सागर थापा
दाङमा सरकारले गरेको जनता कर्फ्युमा दाङ जिल्लाभर बाट दाङ प्रहरीले तेस्रो दिनमा २ महिला २५ पुरुष ७० वटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नका लागी जनता कर्फ्यु उलंघन गर्ने ७० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ । बिहीबार तेस्रो दिन दाङ जिल्ला भरबाट दाङ प्रहरीले जनता कर्फ्यु उलंघन गर्ने ६३ वटा मोटरसाइकल ४ स्कुटी १ वटा ट्रेक्टर १ वटा अटो १ वटा जिप कारलाई नियन्त्रणमा लिएको छ ।
सवारीसाधनलाई जनता कर्फ्यु अवधी सम्म प्रहरीले नियन्त्रणमा राखिने तर पक्राउ परेका अटेरी गर्नेलाई मुद्दा चलाउन सक्ने बताए । साथै शुक्रबारबाट थप कडाइ गरिने र पक्राउ गरेर मुद्दा चलाइने दाङ प्रहरी प्रवक्ता डिएसपी खड्काले बताएका साथै कोही पनि नागरिक अति अावश्यक काम बाहेक बाहिर ननिस्कन दाङ प्रहरीले अाग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]