२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ध्वनि खबर टिमले नेपालगन्जका सम्पुर्ण सेना प्रहरी हरुमा सर्जिकल माक्स वितरण

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

सागर थापा
बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्वभरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जका सम्पुर्ण प्रशासन, सुरक्षाकर्मी ( प्रहरी, शस्त्र, वडा प्रहरी, जिल्ला प्रशासन, ट्राफिक प्रहरी ) र आम जनतालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । ९०० पि नेपाल प्रहरी र आम जनतामा ४०० गरी १३०० जति सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
यसैगरी काठमाडौदेखि  दाङसम्म खटिएका सुरक्षाकर्मी र युनिट लगायत आम जनतालाई गरी ११०० सय मास्क वितरण गरिएको थियो ।
नेपालगन्जमा आज सम्पुर्ण प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायतका कार्यालय प्रमुखलाई माक्स, सर्जिकल क्याप,सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिको सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौं बाट नेपालगन्ज सम्म सुरक्षाकर्मी हरुलाई कोरोना बाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँ ले बताउनु भयो । सम्पादकले दिएको जानकारी अनुसार उहाँले आज नेपालगन्जमा ९०० पि माक्स निशुल्क रुपमा सुरक्षाकर्मीहरुलाई दिनुभएको हो ।
आज वितरण गरिएको मास्कमा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायलाई १०० पि माक्स, सशस्त्र प्रहरी ४० न. गुल्मका डिएसपी नवराज बोहरालाई १०० पि माक्स, सशस्त्र प्रहरी ३० न. गुल्ममा २००, नेपाल प्रहरी जमुनाहामा ५० पि, ट्राफिक कार्यालय बाँकेमा ५० पि, जिल्ला प्रहरी कार्यालय बाँकेमा ३००, वडा प्रहरी नेपालगन्जमा १०० पि, ४०० आम जनताहरुलाई गरि कुल १३०० पि माक्स हस्तान्तरण गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!