२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँकेमा अनावश्यक हिड्नेलाई ठाउँको ठाउँ कार्वाही गर्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँकेमा अनावश्यक बाहिर निस्किनेलाई ठाउँको ठाउँ कार्वाही गर्न नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली एरिया विभाजन गरेर एक्सनमा उत्रिएको छ ।
जति नै सम्झिाए पनि अनावश्यक बाहिर निस्किने क्रम नरोकिएपछि तीन वटै सुरक्षा निकायको अधिकृतस्तरको नेतृत्वमा कारबाही टोली खटाइएको हो । दुई जनासम्मलाई अत्यावश्यक बस्तु किन्न निस्किन दिने र अनावश्यक निस्केकालाई रातभरी थुन्ने रणनीति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सम्झाउदा नमानेकाले बल प्रयोगमा उत्रिएको बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले घर बाहिर ननिस्किन फेरि पनि साढे ५ देखि ६ बजेसम्म माइकिङ गर्दैछ । त्यसका बाबजुद घरबाट बाहिर निस्किनेलाई कारबाही गर्ने रणनीति बनाइएको छ । ‘अवज्ञा गर्नेलाई अब कारबाही हुन्छ, समातेर मुद्दासम्म चलाउँछौं, एसपी बीरबहादुर ओलीले भन्नुभयो, कुनै बन्द खुलेजस्तो साँझ भएपछि सडकमा रमिता हेर्न, पान खान, घुम्न निस्किने गरेको पाइयो । आजदेखि त्यस्तालाई कारबाही हुन्छ ।’
प्रहरीले सवारी साधनलाई निषेध गर्दैछ । खाद्यान्न किन्न एकदुई जना हिडेर जान सक्छन् । आज बसेको सुरक्षा समितिको बैठकले नेपाली सेनालाई ब्याक सपोर्टमा राख्दै एरिया विभाजन गरेको छ । जमुनाहादेखि ट्राफिकचोक र कारकादोदेखि राँझासम्म सशस्त्र प्रहरी र बाँकी सबै ठाउँमा नेपाल प्रहरीले कमाण्ड गर्दैछ । अधिकृतस्तरले कमाण्डमा रहेको टोलीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई कारबाही गर्छ । अटेरीलाई रातभरी थुन्छ र मुद्दासमेत चलाउँछ ।
दिनभरी घरभित्रजसो बस्ने गरेका मान्छेहरु साँझ परेपछि बजारमा निस्किदा कोरोनाको जोखिम बढाएको सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!