१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

कोरियाका नेपालीले कोरोना जाँच्ने दुई हजार किट्स नेपालमा पठाउँदै

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ।
किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग दुई हजार प्रतिको सम्झौता भएको एनआरएनए कोरियाले जनाएको छ। त्यसका लागि एनआएनए कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ। प््रति किट्सको मूल्य २० हजार कोरियाली वन अर्थात् २ हजार रुपैयाँ पर्ने बताइएको छ। त्यसका लागि ४० लाख रुपैयाँ लाग्ने भएपछि त्यहाँ रहेका नेपालीहरुले एक किट्स बराबरको रकम सहयोग गर्न एनआएनए कोरियाले जनाएको छ।
एनआएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले भने, ‘कोरोना भाइरसका कारण मातृभूमि नेपालले जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न कोरियावासी सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछु।’
उक्त किट्स कोभिड–१९ को संक्रमणको शंका भएकका बिरामीमा हो होइन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ। दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन्। हालसम्म त्यहाँ रहेका नेपालीलाई कोरोना संक्रमण भेटिएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा मनाइएको मोहर्रम पर्व शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। यसको लागि मैदानमा खटिएका जिल्लाका उच्च प्रशासनिक र सुरक्षा अधिकारीहरूलाई मुस्लिम समुदायले अतिनै महत्वपूर्ण सम्मान गरेको छ। *सम्मानित व्यक्तित्वहरू: 1. प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाँके 2. प्रहरी प्रमुख एसपी जिल्ला प्रहरी कार्यालय बाँके 3. सशस्त्र प्रहरी प्रमुख एसपी सशस्त्र […]

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

error: Content is protected !!