२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

स्वास्थ्य अबस्थाकाे बारेमा अवलोकन गर्दै १८ नम्बर वडा अध्यक्ष

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

कपिल लामिछाने
बिश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाईरसका कारण बिश्व आक्रान्त बनिरहेकाे याे परिपेक्षमा नेपालले पनि राेकथामका लागी बिभिन्न प्रयासहरु गरिरहेकाे छ । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले आज वडामा रहेका वडाबासीहरुकाे स्वास्थ्य अबस्थाकाे बारेमा चासाे राख्दै वडा अवलाेकन गर्नुभएकाे छ । वडा अबलाेकनका क्रममा भारतबाट र तेस्राे मुलुकबाट आएका नागरिकहरुकाे अबस्था र हाेम क्वारेन्टाईन काे बारेमा सम्झाउदै अत्यावश्यक भन्दा अरु कामले घर बाहिर ननिस्किन अनुराेध समेत गर्नुभयाे । भारतबाट घर आएका १० जना र कतार दुबईबाट आएका ४ जनाकाे डाटा संकलन गरि उनिहरुलाई केहि त्यस्ताे समस्या देखिने बित्तिकै तुरुन्त सम्पर्क गर्न समेत वडा अध्यक्ष वलीले सबैलाई अनुराेध गर्नुभयाे । साबिकका वडा नं १,३,४,५ र ७ मा रहेका सबै टाेल बिकास संस्थाहरुलाई भारत लगाएत तेस्राे मुलुक हुदै आएका मानीसहरुकाे डाटा संकलन गरि उनिहरुकाे स्वास्थ्य अबस्थाकाे बारेमा नेपाल पुलिस, स्थानिय सरकार, तथा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउदै आफुपनि बाचाैँ र अरुलाई पनि बचाउँ भन्ने साेचका साथ अघि बढ्न टाेल बिकास संस्थाका अध्यक्षहरुलाई वडा अध्यक्ष वलीले निर्देशन समेत दिनुभयाे ।
अबलाेकनकै क्रममा वडा अध्यक्ष वलीले वडामा काेहिपनि त्यस्ताे आपतविपतमा परेका नागरिकहरु भए वडाले उनिहरुकाे अबस्थालाई मध्यनजर गर्दै सहयाेग गर्ने समेत जानकारी गराउनु भयाे । उहाँले भन्नुभयाे यस वडामा रहेका काेहिपनि नागरिकहरु नआत्तिन आफ्नाे मनाेवल उच्च पार्ने कुरा अवगत गराउदै सरकारकाे याे कदममा सबैले साथ दिएमा काेहि पनि याे महामारी पर्न नसक्ने कुरा बताउदै सरकारलाई सहयाेग गर्न सबैलाई अपिल समेत गर्नुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!