१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

मेयर द्वारिकलाल चौधरीको अभिव्यक्ति घोर निन्दनीय:

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

पत्रकार महासंघ काठमाडौं नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पछिल्लो अभिव्यक्तिलाई निन्दनीय र दुःखद भनेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्तिलाई निन्दनीय बताउनु भएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इटहरीबाट प्रसारण हुने एरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘यस्तो परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउने वातावरण बनाउनु पर्नेमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो कार्य हुनु आफैंमा निन्दनीय र दुःखद् विषय हो ।’ विज्ञप्तिमा महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]