०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मेयर द्वारिकलाल चौधरीको अभिव्यक्ति घोर निन्दनीय:

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

पत्रकार महासंघ काठमाडौं नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पछिल्लो अभिव्यक्तिलाई निन्दनीय र दुःखद भनेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्तिलाई निन्दनीय बताउनु भएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इटहरीबाट प्रसारण हुने एरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘यस्तो परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउने वातावरण बनाउनु पर्नेमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो कार्य हुनु आफैंमा निन्दनीय र दुःखद् विषय हो ।’ विज्ञप्तिमा महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!