११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

महामारी बन्दै सिध्याउँदै छ प्रतिष्ठानको मतभेद

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

विपुल पोख्रेल
बिहीबार एउटा खबर आयो, ‘कसैले सहयोग नगरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति आफै कोरोना संक्रमणीको स्वेव टेष्ट गराउन काठमाण्डौ गइन् ।’
यो खबर माथी पक्ष बिपक्षमा टिप्पणी भए । राप्ती स्वास्थ्य बिज्ञानका सन्दर्भमा जे सुकै कुरा बाहिर आए पनि पक्ष बिपक्ष भै नै हाल्छ, यो यहाँको एउटा बिशेषता नै बनेको छ ।
ती क्रिया प्रतिक्रिया तर्फ नलागौं ।
त्यसको एक दिन अगाडि शिक्षामन्त्रीका सल्लाहकारको भूमिकामा समेत रहेका नेकपाका जिल्ला इन्चार्ज जीवन गौतम केही थान पीपीए बोकेर दाङ आए र सिधै बेलझुण्डीमा निर्माण गरिएको कोरोना बिशेष अस्पतालमा पुगे । त्यो अस्पताललाई राप्ती प्रादेशशिक अस्पतालका चिकित्सकहरुले सघाउने गरी योजना बनाइएको थियो । आन्तरिक मामिलामन्त्रीको संयोजकत्वमा व्यबस्थापन समिति पनि गठन भएको छ ।
यो सबै सन्दर्भसंग राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति भण्डारी बेखर रहने कुरै भएन । तर, उनी यो महामारी नियन्त्रणको महाअभियानमा कहीँ पनि जोडिन सकिनन् । प्रतिष्ठानले अपेक्षीत सेवा दिन नसकीरहेको यथार्थ एकतर्फ छदैं थियो । केही दिन पहिलेको एउटा घटना, प्रतिष्ठानमा आएका एक बिरामीलाई त्यहाँ उपचार गर्न संभव नदेखिएर नजिकैको बुद्ध हस्पिटल पठाउन खोजियो । तर, बुद्धले ती बिरामीलाई लिएन । अनी बिरामीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइयो । यो घटनाले पनि डा.भण्डारीको मानसिकतामा स्थान बनाएको हुनुपर्छ सायद ।
दुई कित्तामा बाडिएकालाई एक ठाँउमा ल्याउन कोरोनाले योगदान गर्ने देखिदै छ । अब सम्बन्ध जोड्ने र सहकार्यको वातावरण बनाउने तर्फ नै मुलपात्रदेखि सेवाग्राहीहरु उन्मुख हुन जरुरी छ ।
शुक्रबारको मुख्यमन्त्री पोख्रेलको आफ्नो निर्वाचन क्षेत्र समेतमा पर्ने यही ठूलो संस्थालाई राम्रो बनाउनुपर्छ भन्ने सोंच र डा.संगिता काडमाण्डौं हुइकिदाको प्रतिबद्धता एकै ठाँउमा जम्काभेट भए सायद । त्यसैको परिणाम थियो, मुख्यमन्त्रीको शुक्रबारको फेसबुक स्टाटस् ।
बिरामीलाई अपेक्षित सेवा दिन नसक्नु र कोराना बिरुद्धको जिल्लामा थालिएको महाअभियानमा जोडिन नसक्नुले उनको मस्तिष्कमा केही पक्कै खेलिरहेको हुनुपर्दछ ।
स्वेव परीक्षणका लागि टेकु पठाउने क्रममा एम्बुलेन्सहरुले मानेनन् । एम्बुलेन्सहरुले पीपीएको व्यबस्था गरिएमा मात्रै काम गर्नसक्ने अन्यथा खतरा नमोल्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा यसअघी नै निवेदन दिएका थिए । त्यस निवेदन माथी सुनुवाई भैसकेको थिएन, तसर्थ जान मानेन् । अन्य निकायमा गरिएको आग्रहलाई ति निकायले ‘जस्ले टेस्टका लागि स्वेव लियो, उसैले परीक्षणथल पुराउनु पर्छ’ भन्ने मानसिकताका साथ वेवास्ता गरे सायद ।
यो अनुमान लगाउनुको पनि कारण छ । डा.भण्डारी यहाँ आएदेखि नै यहाँका सबैपक्षसंग समन्वय गर्न सकिरहेकी छैनन् । नसकेको मात्र हैन, कतिपय सन्दर्भमा समन्वय नचाहेको जस्तो पनि देखिएको हो । ‘उनको इरिटेटिङ स्वभावले सहकार्यको वातावरण बन्न सकेको छैन’ एक जना जनप्रतिनिधिले केही पहिले मसंगको छलफलमा भनेका थिए । डा.को स्वभाव र समन्वयको अभावले यहाँ ठूलै दरार निम्त्याएको तितो यथार्थ हाम्रा सामु छदैछ ।
पछिल्ला घटनाक्रम र डा.भण्डारीको आफ्नो स्वभावका कारण उनी एउटा अठोट गर्न बाध्य भइन् झै लाग्छ कि, ‘केही गरेर देखाउछु ।’ बिहीबार बिहानै काठमाण्डौ हुइकिएकी उनले यहाँका निकटस्थलाई भनिछन्,‘चिनवाट आउदै गरेको ल्याव टेष्ट गर्ने उपकरणमध्य एउटा ल्याएरै आउछु, त्यो नपाएमा किनेर ल्याउनका लागि अर्डर गर्छु ।’ उनको हठी स्वभाव यहाँ काम लाग्ला झै देखिदै छ ।
यता यही क्षेत्रवाट निर्वाचित भएका मुख्यमन्त्री शंकर पोख्रेलको मन पनि पोलिरहेको थियो प्रतिष्ठानको यो हबीगती देखि । तर, त्यसलाई सुधार्न सहयोग गर्ने बाहेकको बिकल्प पनि उनीसंग थिएन ।
यहाँनेर एउटा प्रशंग उल्लेख गर्दा सान्दर्भिक होला ।
डा.भण्डारीलाई हटाउने भित्री इच्छाका साथ बिभिन्न मुद्दा उठाएर दाङमा सडक प्रदर्शनी भयो । नागरिक समाजका नामबाट भनिएको त्यो अभियान अन्ततः नेकपाको जस्तो हुनपुग्यो अनी स्थगित भयो । त्यो घटनापछि नेकपा र प्रतिष्ठान दुई कित्तामा बाडिएका छन् अहिलेसम्म ।
प्रतिष्ठानलाई अघोषित रुपमा नाकाबन्दी गर्ने प्रयास पनि भएको टिप्पणी गरियो । बजेट रोक्नेसम्म काम भयो, कोलेनिका आएको रकम पनि अर्को दिनमै फिर्तासम्म पनि भए । सबै दलको सहमती हुन्छ भने आन्दोलन अगाडि बढाउनका लागि अभियानका संयोजकलाई मुख्यमन्त्रीले ग्रिन सिंग्नल समेत दिएका थिए । त्यसमा सबै दलको सहमति बनेन । यो कुरा मुख्यमन्त्रीले एक भेटमा भनेका पनि थिए । अब ती अतितमा नफर्कौं ।
दुई कित्तामा बाडिएकालाई एक ठाँउमा ल्याउन कोरोनाले योगदान गर्ने देखिदै छ । अब सम्बन्ध जोड्ने र सहकार्यको वातावरण बनाउने तर्फ नै मुलपात्रदेखि सेवाग्राहीहरु उन्मुख हुन जरुरी छ ।
शुक्रबारको मुख्यमन्त्री पोख्रेलको आफ्नो निर्वाचन क्षेत्र समेतमा पर्ने यही ठूलो संस्थालाई राम्रो बनाउनुपर्छ भन्ने सोंच र डा.संगिता काडमाण्डौं हुइकिदाको प्रतिबद्धता एकै ठाँउमा जम्काभेट भए सायद । त्यसैको परिणाम थियो, मुख्यमन्त्रीको शुक्रबारको फेसबुक स्टाटस् । जहाँ लेखिएको थियो ‘मा.स्वास्थ्यमन्त्रीसंगको कुराकानी पछि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याव सहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ ।’
साझा लक्ष्यका लागि भएका दुबै तर्फका प्रयासले अब सहकार्यको बलियो डोरी बाँधिने बिश्वास गर्नु र तदनुकुलको वातावरण निर्माणमा योगदान दिनु सबैको दायित्व हुने छ ।
यो वीचमा गज्जवको अर्को संयोग पनि भयो यो बिचमा । शक्तिका दृष्टिले फरक फरक कित्ता बनाउदै गरेका चिन र अमेरिकाका राष्ट्रपतिवीच यसै बेला संवाद भएको छ । संसारलाई सखाफ पार्न उद्दत कोरोनाका बिरुद्धको लडाईमा सहकार्य गर्ने मिठो संवाद दुई नेताहरुका बीचमा भएको छ ।
यता पनि कित्ता पन्छाएर साझा लक्ष्य भेद गर्ने अन्तिम प्रयास जारी छ । एकताबद्ध प्रयासका साथ कोरोनाको संत्रासवाट समाजलाई मुक्ती दिलाउनका लागि यसो हुनु नै पर्ने थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!