२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोनाविरुद्धको औषधि लिन नेपाल एयरलाइन्सको जहाज चीन उड्दै

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार वाइडबडी जहजा काठमाडौँबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ । निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिनुभयो । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उहाँले बताउनुभयो । ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गर्नुभयो । वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ। चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो। सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो। कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ । आन्तरिकमा नौ उडान विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो । आज पनि कतारको दोहाका लागि दुई उडान क्रमशः बिहान सबा १० र ११ बजे निर्धारण गरिएको विमानस्थलले जनाएको छ । यसैबीच लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि आज अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुँदैछन् । प्राधिकरणका अनुसार निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ । त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन् । निगमको वाइ–१२ जहाजले पनि आज काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ । यो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट सङ्कलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!