२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भारतमा चारदिनदेखि अलपत्र १८६ नेपालीहरुको उद्धार

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

बैतडीसंँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ। लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकको शुुक्रबार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुुभयो। उद्धार गरिनेमा बैतडीका विभिन्न स्थानीय तहका साथै बझाङ र डडेल्धुराका नागरिक छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको उहाँले बताउनुुभयो। यसअघि शुक्रबार झुुलाघाटमा अलपत्र नेपाली नागरिकको उद्धार भएन भन्ने शीर्षकको समाचार राष्ट्रिय समाचार समितिबाट विभिन्न सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन भएको थियो। सोही समाचारपछि जिल्ला प्रशासन कार्यालय बैतडीले अलपत्र नागरिकको उद्धारका लागि पहल गरेको हो। भारतको पिथौरागढका डिएमलाई अनुरोध गरेपछि अलपत्र नेपालीको उद्धार भएको बैतडीका प्रमुुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुुभयो । उद्धार गरिएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न अनुुरोध गरिएको छ। ४५४ शय्याको क्वारेन्टाइन स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार जिल्लाका १० वटै स्थानीय तहमा गरि ४५४ शय्याका क्वारेन्टाइन स्थापना गरिएका हुन् । स्थानीय तहहरुले क्वारेन्टाइन बनाएर भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई बस्न भन पनि क्वारेन्टाइनमा बस्न नमानेको पाइएको छ। बैतडी जिल्लाभरि हालसम दुई शिशुसहित ५८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाका चार स्थानीय तहमा एक जना पनि क्वारेन्टाइनमा नबसेको देखिएको छ । चेतनाको कमीले क्वारेन्टाइनमा बस्न नमानेको जिल्ला अस्पताल बैतडीका डा वसन्तराज जोशीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!