११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

भारतमा चारदिनदेखि अलपत्र १८६ नेपालीहरुको उद्धार

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

बैतडीसंँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ। लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकको शुुक्रबार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुुभयो। उद्धार गरिनेमा बैतडीका विभिन्न स्थानीय तहका साथै बझाङ र डडेल्धुराका नागरिक छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको उहाँले बताउनुुभयो। यसअघि शुक्रबार झुुलाघाटमा अलपत्र नेपाली नागरिकको उद्धार भएन भन्ने शीर्षकको समाचार राष्ट्रिय समाचार समितिबाट विभिन्न सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन भएको थियो। सोही समाचारपछि जिल्ला प्रशासन कार्यालय बैतडीले अलपत्र नागरिकको उद्धारका लागि पहल गरेको हो। भारतको पिथौरागढका डिएमलाई अनुरोध गरेपछि अलपत्र नेपालीको उद्धार भएको बैतडीका प्रमुुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुुभयो । उद्धार गरिएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न अनुुरोध गरिएको छ। ४५४ शय्याको क्वारेन्टाइन स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार जिल्लाका १० वटै स्थानीय तहमा गरि ४५४ शय्याका क्वारेन्टाइन स्थापना गरिएका हुन् । स्थानीय तहहरुले क्वारेन्टाइन बनाएर भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई बस्न भन पनि क्वारेन्टाइनमा बस्न नमानेको पाइएको छ। बैतडी जिल्लाभरि हालसम दुई शिशुसहित ५८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाका चार स्थानीय तहमा एक जना पनि क्वारेन्टाइनमा नबसेको देखिएको छ । चेतनाको कमीले क्वारेन्टाइनमा बस्न नमानेको जिल्ला अस्पताल बैतडीका डा वसन्तराज जोशीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!