११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

नेपालमा ५ जनामा कोरोनाका संक्रमित भेटिए..

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

काठमाडौं कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिनुभयो। उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अवस्था अहिले सामान्य छ । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

error: Content is protected !!