२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

तुलसीपुरका व्यपारी वलीद्धारा विपन्न ४० परिवारलाई खद्यान्न वितरण

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

देविराम कुसारी
दाङ चैत्र १५ फुलबारी तुलसीपुरको सिस्ने वोर्डिङ स्कुलका सञ्चालक एंव अजम्वरी कृषी सहकारी संस्थाका सचिव नवराज वलीले समस्यामा परेका ४० घर विपन्नलाई खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।
कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको निर्णयलाई सहयोग गर्न र विन्न जनतालाई समस्यामा पर्न नदिन भन्दै व्यपारी वलीले आज विभिन्न टोलका विपन्नलाई सामाग्री वितरण गर्नुभएको हो । वलीले प्रति व्यक्ति एक वोरा चामल, एक लिटर तेल, एक प्याकेट नुन र एक वटा साबुनका दरले सामाग्री वितरण गर्नुभएको हो । तुलसीपुर उप–महानगरपालिका ५ वस्ने वलीले आफ्नो वडाका विशालनगर, वुद्धनगर, श्रद्धानगर स्वर्गद्धारी टोलका विपन्नलाई सो सामाग्री वितरण गरेको जानकारी दिनुभएको छ ।
यस अघि विभिन्न सामाजिक काम गर्दै आउनु भएका समाजसेवी वलीले कोराना भाइरस आतंकको वेला कुनै पनि व्यक्तिले समस्या भोग्नु नपरोस् भने यो सहयोग गरेको जानकारी दिनुयने । उहाँले समस्याकै कारण सरकारले गरेको लकडाउनको निर्णयलाई उलंघन नगरुन भन्ने उदेश्यले पनि आफुले सामाग्री वितरण गरेको हामीसंग वताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!