०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

कुखुरा सप्लायर्स हरुलाई जिम्वेवारी बन्न वडा अध्यक्ष वलीकाे आग्रह

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

कपिल लामिछाने
नेपालमा काेराेना भाईरसकाे राेकथामका लागी सरकारले गरेकाे लकडाउनकाे प्रत्यक्ष असर अहिले अर्थतन्न्त्रमा परिरहेकाे छ । अहिले आएर सरकारले अत्यावश्यक बस्तुहरु खरिद गर्नका लागी बिहान र साँझ पसलहरु खुल्न दिएपनि दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेका छन् । अहिले तुलसीपुर उपमहानगरपालिका भित्र कुखुरापालन गरिरहेका किसानहरु धेरै छन् तर किसानसँग सम्झाैता गरि कुखुरा सम्बन्धी काम गर्ने सप्लायर्सहरुकाे गैर जिम्मेवार भूमिका निभाएका कारण यतिबेला न त किसानले दाना सजिलै प्राप्त गरेका छन् न त तयार कुखुरा उठेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं १७ झिङ्गैमा किसान अमृत खड्काले पालेका झण्डै १८ सय कुखुरा अहिले खाेरमा नै छन् उनि भन्छन् कुखुराकाे दाना मह्ङगीएर आउछ कुखुराकाे दररेट कम भएकाे छ यसरी त हाम्राे लगानी ढुब्ने दानावाला सप्लायर्सहरुलाई मात्रै नाफा हुने कुरा बताउदै अब खाल्टाे खनेर गाड्नुपर्ने स्थिति आएकाे भन्दै दुखेसाे ब्यक्त गरे । अहिले तुलसीपुर उपमहानगरपालिका भित्र २ हप्ता देखि ८ हप्ता सम्मका झण्डै ७ लाख ६८ हजार कुखुरा किसानहरुका खाेरमा नै छन्। यतिबेला कुखुरा सप्लायर्यहरुले जिम्मेवारी भुलेर घाटा नाफाकाे हिसाब गरेर बस्ने समय नभएकाे तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका आर्थिक बिकास समितिका संयाेजक माधव वलीका भनाई छ । साथै उहाँले समयमा नै सच्चीनका लागी आग्रह गर्दै सम्बन्धित निकायकाे ध्यानआकर्षण समेत गराउनु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]