२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कुखुरा सप्लायर्स हरुलाई जिम्वेवारी बन्न वडा अध्यक्ष वलीकाे आग्रह

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

कपिल लामिछाने
नेपालमा काेराेना भाईरसकाे राेकथामका लागी सरकारले गरेकाे लकडाउनकाे प्रत्यक्ष असर अहिले अर्थतन्न्त्रमा परिरहेकाे छ । अहिले आएर सरकारले अत्यावश्यक बस्तुहरु खरिद गर्नका लागी बिहान र साँझ पसलहरु खुल्न दिएपनि दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेका छन् । अहिले तुलसीपुर उपमहानगरपालिका भित्र कुखुरापालन गरिरहेका किसानहरु धेरै छन् तर किसानसँग सम्झाैता गरि कुखुरा सम्बन्धी काम गर्ने सप्लायर्सहरुकाे गैर जिम्मेवार भूमिका निभाएका कारण यतिबेला न त किसानले दाना सजिलै प्राप्त गरेका छन् न त तयार कुखुरा उठेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं १७ झिङ्गैमा किसान अमृत खड्काले पालेका झण्डै १८ सय कुखुरा अहिले खाेरमा नै छन् उनि भन्छन् कुखुराकाे दाना मह्ङगीएर आउछ कुखुराकाे दररेट कम भएकाे छ यसरी त हाम्राे लगानी ढुब्ने दानावाला सप्लायर्सहरुलाई मात्रै नाफा हुने कुरा बताउदै अब खाल्टाे खनेर गाड्नुपर्ने स्थिति आएकाे भन्दै दुखेसाे ब्यक्त गरे । अहिले तुलसीपुर उपमहानगरपालिका भित्र २ हप्ता देखि ८ हप्ता सम्मका झण्डै ७ लाख ६८ हजार कुखुरा किसानहरुका खाेरमा नै छन्। यतिबेला कुखुरा सप्लायर्यहरुले जिम्मेवारी भुलेर घाटा नाफाकाे हिसाब गरेर बस्ने समय नभएकाे तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका आर्थिक बिकास समितिका संयाेजक माधव वलीका भनाई छ । साथै उहाँले समयमा नै सच्चीनका लागी आग्रह गर्दै सम्बन्धित निकायकाे ध्यानआकर्षण समेत गराउनु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!