२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सिटौलाले लगाएको आरोप झुठो हो प्रहरीलाई नै गाली गलोज निरीक्षक :बस्नेत

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

(एबिसी क्राईम ब्युरो)
विश्वभरि फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिएलगतै नेपाल सरकारले देशलाई लक डाउन गरेको आइताबार छैटौ दिन भएको छ। सुरक्षाकर्मीहरु अहिलेको अवस्थामा दिनरात नभनेर अहोरात्र सडकमा खटिने हामी सुरक्षाकर्मीका लागि मनोबल उच्च बनाउने र सबैले सहयोग गर्नुपर्ने बेला आइतबार बेलुका ६ बजे नर्सिङ मेडिकल नीर लक डाउन उलंघन गर्नेहरुलाई प्रहरीले सबैलाई घर भित्र पठाउने क्रममा बासका अध्यक्ष रमेश सिटौलासङ प्रहरीले किन तपाई यहाँ आएको हो पास कार्ड छ भनेर सोधपुछ गर्दा उल्टै प्रहरीलाई गाली गरेको र प्रहरीलाई पन्छाउदै भने मलाई चिन्छ्स म बासको केन्द्रिय म्यानेजर हो भन्दै प्रहरीलाई नै दुव्र्यवहार गाली गरे पछी सबैलाई भगाउने क्रममा प्रहरीले साइकलमा लाठी मात्र हानेको सिटौलाले लगाएको प्रहरीमाथि कुटपिटको आरोप सबै झुठो रहेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बस्नेतले बताए ।
व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन न दिन प्रहरी र नागरिकले नियमको पालाना गर्नु ठूलो शक्ति हुने वडा प्रहरी निरीक्षक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!