२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

लकडाउनमा दाङ उद्योग बाणिज्य संघले घर घरमा होम डेलीभरी

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

सागर थापा
दाङ घोराही बजार आज रातीदेखि बन्द हुने भएको छ । लकडाउनको समयमा तीन घण्टाको समय खाद्यान्न र तरकारी खरिदका लागि स्थानीय प्रशासनले ब्यबस्था गरेको भए पनि बन्द हुने भएको हो ।
दैनिक रुपमा आबश्यक पर्ने उपभोग्य बस्तु अब फोन मार्फत घरमै उपलब्ध गराउने ब्यबस्था गरिएको छ । त्यसका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले घर-घरमा खाद्यान्न पु¥याउने भएको छ ।
घोराही बजारको मुख्य क्षेत्रका रहेका घोराही १४ र १५ को क्षेत्रलाई लक्षित गरेर यस्तो निर्णय गरिएको हो । घोराही उपमहानगरपालिका १४ को बिपत व्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिका संयोजक एवं वडाध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्थानीय जनप्रतिनीधि, उद्योगी, ब्यबसायीको सहभागीतामा यस्तो निर्णय भएको हो । बैठकमा नगर प्रमुख नरुलाल चौधरी, वडाध्यक्ष रमेशकुमार पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालसहित राजनितिक दल र बिभिन्न सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन र बच्नका लागि अपनाइएको उक्त व्यबस्थालाई सहजीकरण गर्न वडा नम्बर १४ को कार्यालयलाई जिम्मेवारी दिइएको छ । दैनिक उपभोग्य बस्तुको प्राप्तीका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघको फोन नम्बर ०८२ ५६००६३ मा फोन गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!