२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

लकडाउन अबधिभर भालुवाङमा घरभाडा नलिने बिष्टको घोषणा

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(बिदुर एमसी) दाङ भालुवाङ्ग पुल्चोकस्थित प्युठान राेड निवासी शाेब बहादुर बिष्टले अाफ्नाे घर भाडामा बसेका पसलहरुलाई घरभाडा नलिने घाेषणा गरेका छन् । काेभिड 19, काेराेना भाइरसबाट विश्व आक्रान्त भएको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सम्पूर्ण व्यापार व्यवशाय, उद्योग धन्दा , कल कारखाना बन्द गरेर घर भित्र बस्न आव्हान गरेपछि यतिखेर देश लक डाउन छ । लक डाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर दातबाट पसिना छुटेको छ । लक डाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर दातबाट पसिना छुटेको छ । यसैबीच नेपाल सरकारले सम्पूर्ण घरधनी नागरिकहरुलाई आफूले मासिक रूपमा लिदै आएको घरभाडा नलिनका लागि अाव्हान गरेको छ । सरकारले गरेको उक्त घाेषणालाई शिरोपर गरेर घरधनी बिष्टले त्यसरी घरभाडा नलिने कुरा बताएका छन् । बिगत ५/६ महिनादेखि भारत उत्तर प्रदेश बलरामपुरका महेश गुप्ताले बिष्टको घरमा सटर मासिक ५ हजारका दरले भाडामा लिएर तरकारी पसल गर्दै आएका छन् । सरकारले लक डाउनकाे अवधि अरुपनि थप गरेको खण्डमा सम्पूर्ण लक डाउन अवधिभरकाे घरभाडा नलिने पनि बिष्टले जानकारी गराएका छन् । सो कुरा बोल्दैगर्दा देशका अन्य भूभागमा रहेका घरधनीहरुलाई यसैगरी आआफ्नो घरको भाडा नलिएर सरकारलाई सहयोग गर्नपनी सुझाएका छन् ।दाङको पूर्वी देउखुरीमा अवस्थित भालुवाङ्ग पुल्चोक बजार पूर्वपश्चिम लगायत धेरै पहाडी जिल्लाहरुकाे केन्द्रबिन्दु जस्तै व्यस्त रहने चाेक परेको ठाउँ हाे । हामीले थाहा पाएसम्म स्वेच्छाले आफ्नो घरको भाडा नलिने घाेषणा गरेका उनी नै पहिलो घरधनी नागरिक हुन् । यस्ता समाजसेवी व्यक्ति समाज र देशका लागि अमूल्य गहना हुनसक्छन् । राज्यले यस्ता व्यक्तित्वको उचित सम्मान गर्न सक्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!