१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

महिला सामुदायिक बित्तीय संस्थाद्धारा राहत वितरण

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

(देविराम कुसारी)
दाङ, चैत्र २२ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले महामारिको रुपमा फैलिएको कोरोनाका कहर व्यवस्थापन गर्न विपन्न परिवारलाई राहात वितरण कार्य थालेको छ ।
बिश्वब्यापी रुपमा फैलियको कोरोना भाइरसलका कारण नेपालमा लागु भएको लक डाउनमा विपन्न परिवारको दैनिकी सहज वनाउने उदेश्यका साथ संस्थाले राहात वितरण सुरु गरेको हो । संस्थाका आर्थिक व्यवस्थापन संयोजक एंव प्रमुख कार्यकारी निर्देशक विमला यागीको अध्यक्षतामा सम्पन्न भएको वैठकले गरेको निर्णय अनुसार संस्थाले विभिन्न स्थानमा विभिन्न चरणमा राहात वितरण गर्ने संस्थाका वरिष्ठ प्रवन्धक लोमणी रेग्मीले जानकारी दिनुभएको छ ।
वरिष्ट प्रवन्धक रेग्मीका अनुसार संस्थाले दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लामा राहात वितण गर्ने भएको छ । राहात वितरणसंगै सञ्चार माध्यमको अधिक्तम सदुपयोग गर्दे संस्थाले सामुदायिक सचेतना प्रदान, सामाजिक सदभाब तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समस्यामा परेका दैनिक ज्याला मजुदुरी गरि खानलाई मानसिक रुपमा वलियो वनाउने कार्य भैरहेको आर्थिक व्यवस्थापन संयोजक योगीले जानकारी दिनुभएको छ ।
यसैक्रममा संस्थाले स्वर्गद्धारी नगर पालिका प्यूठानको बिपन ब्यवस्थापन कोषमा ५० हजार नगत आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागतका बरिष्ठ अधिकृत मघुसुदन थापाले सो रकम कोषमा जम्मा गनुभएको हो । त्यसैगरी संस्थाका बरिष्ठ अकिृत थापाद्धारानै प्यूठान नगर पालिका प्यूठानमा ३७ हजार वरावर एक हजार पीस अर्गानीक साबुन सहयोग प्रदान गरिएको छ । संस्थाले प्युठानकै नौबहिनी गाउपालिका ४२ हजार वरावरको दुई सय लिटर खाने तेल र चार सय पोका नुन संस्थाका अधिकृत अनिल के.सी.द्धारा प्रदान गरिको छ । यता दाङको घोराही उप–महानगरपालिका दाङमा करिव ६० हजार वरावरको दुई हजार एक सय ६० पिस हात धुने साबुन प्रदान गरिएको छ । साथै ऐरावती गाउँपालिका तथा झिमरुक गाउँपालिका प्याठानमा ७५ हजार वरावरको माक्स सहयोग प्रदान गरिएको छ । उक्त माक्स बित्तीय संस्थाका संचालक समिति सदस्य शुष्मा गौतमद्धारा प्रदान गरीएको थियो । यसै गरि अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक योगीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!