२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

प्रहरीले लकडाउन उलङ्घन गर्ने ४४१ मोटरसाइकल नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(सागर थापा/महेन्द्र सिंह) बाँके चैत २३ नेपालगन्जमा प्रहरीले लकडाउन उलङ्घन गर्ने र अटेरीहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउनका लागि बाँकेमा प्रहरी थप कडा गरेको हो ।
शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्नेहरु ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ ।
बिश्वभर फलिएको महामारी कोरोना भाइरसको रोकथाम गर्न लक डाउनको सबैले पालाना गर्न प्रहरीले कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतले जानकारी दिनुभएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!