११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

सहयोग गर्नुहोस राहतको नाममा प्रचार नगर्नुहोस सिडियो:रिजाल

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्थानीय तहसँग समन्वय गरेर मात्रै विपन्न नागरिकहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
कोरोना महामारीको प्रकोपका कारण दाङ जिल्लामा असहज अवस्थामा रहेका विभिन्न गाउँवस्तीहरुमा आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेको बताउनुभयो । ‘त्यसकारण विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध गराउन चाहेमा सम्बन्धित स्थानीय तहसंग समन्वय गर्नुहुन अनुरोध छ ।’
सामाजिक सञ्जालमा लेख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सहयोग गरेकै कारण आफ्नो प्रचार नखोज्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘यहाँहरु समाजमा कुनै न कुनै रुपले प्रतिष्ठित हुनु हुन्छ र यहाँहरुको पहिचान नै तारिफयोग्य भएकाले यस संकटको समयमा थप प्रचार गर्नु नपर्ने कुरा समेत निवेदन गर्न चाहन्छु ।’
थोरै खाद्यान्न केही थान स्यानिटाइजर, साबुन र मास्क वितरण गरेको फोटो फेसबुकमा राखेर कथित समाजसेवि भएको नौटंकी नगर्न भन्दै सभ्य नागरिकको परिचय दिन आग्रह गर्नुभयो । उहाँले सहायताका नाममा कोरोना भाइरसको संवाहक नबन्न पनि अनुरोध गर्नुभयो ।
उहाँले लेख्नुभयो, ‘एक पटक सोच्नुस् त कतै तपाइले नै आफ्नो प्रचारको लागि गरिरहनु भएको कामबाट कोरोना फैलाउन भूमिका त खेलीरहनु भएको छैन । बाँकि हजुर जत्तिको जाने बुझेको अरु को नै छ र ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

error: Content is protected !!