१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

सहयोग गर्नुहोस राहतको नाममा प्रचार नगर्नुहोस सिडियो:रिजाल

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्थानीय तहसँग समन्वय गरेर मात्रै विपन्न नागरिकहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
कोरोना महामारीको प्रकोपका कारण दाङ जिल्लामा असहज अवस्थामा रहेका विभिन्न गाउँवस्तीहरुमा आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेको बताउनुभयो । ‘त्यसकारण विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध गराउन चाहेमा सम्बन्धित स्थानीय तहसंग समन्वय गर्नुहुन अनुरोध छ ।’
सामाजिक सञ्जालमा लेख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सहयोग गरेकै कारण आफ्नो प्रचार नखोज्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘यहाँहरु समाजमा कुनै न कुनै रुपले प्रतिष्ठित हुनु हुन्छ र यहाँहरुको पहिचान नै तारिफयोग्य भएकाले यस संकटको समयमा थप प्रचार गर्नु नपर्ने कुरा समेत निवेदन गर्न चाहन्छु ।’
थोरै खाद्यान्न केही थान स्यानिटाइजर, साबुन र मास्क वितरण गरेको फोटो फेसबुकमा राखेर कथित समाजसेवि भएको नौटंकी नगर्न भन्दै सभ्य नागरिकको परिचय दिन आग्रह गर्नुभयो । उहाँले सहायताका नाममा कोरोना भाइरसको संवाहक नबन्न पनि अनुरोध गर्नुभयो ।
उहाँले लेख्नुभयो, ‘एक पटक सोच्नुस् त कतै तपाइले नै आफ्नो प्रचारको लागि गरिरहनु भएको कामबाट कोरोना फैलाउन भूमिका त खेलीरहनु भएको छैन । बाँकि हजुर जत्तिको जाने बुझेको अरु को नै छ र ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!