०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जनस्वास्थ्य शाखा प्युठानलाई काेराेना राेकथामका लागि औषधि वितरण

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

बिदुर एमसी
दाङ भालुवाङ्ग, जिल्ला जनस्वास्थ्य शाखा प्युठानलाई नोबेल कोरोना भाइरस काेभिड 19 काे राेकथाम तथा उपचारका लागि औषधी एवम् औषधीजन्य सामग्रीहरु प्रदान गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंले उक्त सामग्रीहरु प्रदान गरेको हाे ।
विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र सचिवालय सचिव तथा जनस्वास्थ्य निरिक्षक मदन कुमार वलीले प्युठान शाखालाई उक्त सामग्रीहरु भालुवाङ्ग पुल्चोककाे चाेकमा हस्तान्तरण गरेका हुन् ।
यसैगरी सोही प्रकारका सामग्रीहरु रोल्पा, दाङ्ग, नेपालगञ्ज र सुर्खेत लगायतका ठाउँहरुका लागि पुर्याउने पनि महानिर्देशक श्रेष्ठले बताएका छन् ।
आइतबार अपरान्ह प्युठान शाखाबाट देउखुरीको भालुवाङ्ग आएका कर्मचारीले ती सामग्रीहरु बुझिलिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!