०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालमा माक्स अभावको बेला चामलको बोरामा माक्स तस्करी गर्ने पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कोरोनाको संक्रमणबाट बच्न आवश्यक पर्ने मास्क नेपालमै अभाव भइरहेका बेला भारततर्फ तस्करी हुने गरेको पाइएको छ ।
नेपालमै उत्पादित मास्क भारततर्फ लगिंदै गरेको अवस्थामा २३ चैतमा विराटनगरको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सातजना व्यक्तिले सातवटा साइकलमा सात बोरा मास्क भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
साइकल र मास्क नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।
विराटनगरमै बनेको कपडाको साधारण मास्क बिहारका गाउँमा बिक्रीका लागि लगिएको बताइएको छ । स्थानीयले बनाएको हुनाले उत्पादकको लोगो बिनाको मास्क र साइकलको रु १ लाख ५२ हजार रुपैयाँ मूल्यांकन गरेर विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ३ नम्बर गण मोरङका एसपी नेत्रबहादुर कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!