२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

नेपालमा माक्स अभावको बेला चामलको बोरामा माक्स तस्करी गर्ने पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कोरोनाको संक्रमणबाट बच्न आवश्यक पर्ने मास्क नेपालमै अभाव भइरहेका बेला भारततर्फ तस्करी हुने गरेको पाइएको छ ।
नेपालमै उत्पादित मास्क भारततर्फ लगिंदै गरेको अवस्थामा २३ चैतमा विराटनगरको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सातजना व्यक्तिले सातवटा साइकलमा सात बोरा मास्क भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
साइकल र मास्क नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।
विराटनगरमै बनेको कपडाको साधारण मास्क बिहारका गाउँमा बिक्रीका लागि लगिएको बताइएको छ । स्थानीयले बनाएको हुनाले उत्पादकको लोगो बिनाको मास्क र साइकलको रु १ लाख ५२ हजार रुपैयाँ मूल्यांकन गरेर विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ३ नम्बर गण मोरङका एसपी नेत्रबहादुर कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

error: Content is protected !!