११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

महिला सामुदायिक बित्तीय संस्थाद्धारा बिपत ब्यवस्थापनलाई खाद्यान्न प्रदान

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(देविराम कुसारी)
दाङ, चैत्र २४ । कोरोनाका कारण सर्वसाधारणले भोग्नु परेको समस्या न्युनिकरण गर्ने उदेश्यका साथ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले सहयोग गर्ने क्रम जारी राखेको छ ।
दाङको घोराहीमा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले सहयोगकै क्रममा राजपुर गाउँपालिकालाई खद्यान्न सहयोग गरेको छ । गाउँ पालिकाका अध्यक्ष लोकराज केसीसंगको समन्वयमा एक द्धार प्रणाली अपनाएर १० क्वीन्टल चामल गाउँपालिकाको विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको वित्तिय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिनुभएको छ । सरकारको राहात नीति र कार्यक्रमलाई सहयोग गर्न स्थानिय तहसंग समन्वय गरेर राहात वितरण गर्दे आएको र राजपुर गाउँपालिका संग पनि समन्वय गरेर चामल वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकराज रेग्मीले जानकारी दिनुभएको छ । संस्थाले ४७ हजार वरावरको चामल संस्थाका शाखा अधिकृत दिनेश चौधरीले गाउँ पालिकाका उपाध्यक्ष धनपति यादवलाई अस्तान्तरण गर्नुभएको हो ।
संस्थाले बिश्वब्यापी रुपमा फैलियको कोरोना भाइरसका कारण लक डाउन भैरहेको अवस्थामा दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा लगातार रुपमा सहयोग प्रदान गर्दे आइरहेको छ । संस्थाले यस अधि प्यूठानको स्वर्गद्धारी नगर पालिका बिपन ब्यवस्थापन कोषमा नगत ५० हजार, प्यूठान नगर पालिका प्यूठानमा ३७ हजारको साबुन, नौबहिनी गाउपालिकालाई ४२ हजारको खाद्यान्न सामाग्री, ऐरावती गाउँपालिका र झिमरुक गाउँपालिकालाई ७५ हजारको माक्स, दाङको घोराही उप–महानगरपालिकालाई ५९ हजार दुई सय पचासको सावुन सहयोग प्रदान गरिसकेको छ । दाङको राजपुर गाँउपालिकामा गरेको यो सहयोगसंगै महिला सामुदायिक लघु वित्ति वित्तय संस्थाले तनि लाख १० हजार दुई सय ५० रुपैयाको राहात सहयोग प्रदान गरेको छ ।
संस्थाले गर्ने सहयोगको क्रम अझै जारी रहने र अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीद्धारा जानकारी प्रदान गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!