११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

लकडाउन उलंघन गर्नेहरु स्टिकी क्याच बाट १२ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(सागर थापा)
दाङको घोराही बजारमा विभिन्न बहाना बनाई लकडाउन उल्लंघन हुन थालेपछि दाङको घोराहीमा प्रहरीले अत्यावश्यकीय कामबाहेक हिडेकाहरुलाई (स्टिकी क्याच’बाट) पक्राउ गर्न थालेको छ ।
वडा प्रहरी कार्यालय घोराही जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लगएतले आफै निर्माण गरेको स्टिकी क्याचको सहायताले दाङमा समात्न सुरु गरेको छ । सोमबार १० जनालाई लट्ठीको सहायताले पक्राउ गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक रिमालका अनुसार डिजाइन दिएर यो उपकरण ग्रील उद्योगमा बनाउन दिनुभएको थियो । त्यसमध्ये एउटा वडा र एउटा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अझ अरु पनि निर्माण गरेर लकडाउन प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयो ।
बिना काम बाटोमा हिडिरहेकाहरु कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले लट्ठीको सहायताबाट समात्दा सुरक्षित हुने विश्वास गरिएको प्रहरी निरीक्षक रिमालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!