०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

लकडाउन उलंघन गर्नेहरु स्टिकी क्याच बाट १२ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(सागर थापा)
दाङको घोराही बजारमा विभिन्न बहाना बनाई लकडाउन उल्लंघन हुन थालेपछि दाङको घोराहीमा प्रहरीले अत्यावश्यकीय कामबाहेक हिडेकाहरुलाई (स्टिकी क्याच’बाट) पक्राउ गर्न थालेको छ ।
वडा प्रहरी कार्यालय घोराही जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लगएतले आफै निर्माण गरेको स्टिकी क्याचको सहायताले दाङमा समात्न सुरु गरेको छ । सोमबार १० जनालाई लट्ठीको सहायताले पक्राउ गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक रिमालका अनुसार डिजाइन दिएर यो उपकरण ग्रील उद्योगमा बनाउन दिनुभएको थियो । त्यसमध्ये एउटा वडा र एउटा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अझ अरु पनि निर्माण गरेर लकडाउन प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयो ।
बिना काम बाटोमा हिडिरहेकाहरु कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले लट्ठीको सहायताबाट समात्दा सुरक्षित हुने विश्वास गरिएको प्रहरी निरीक्षक रिमालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]