२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डाक्टरले बिरामी हेर्नै नमाने पछी एम्बुलेन्समै बिरामीको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

बुटवलमा सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए।
उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज पुर्याए। तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत दिएन। ‘ज्वरो आएका मान्छेको उपचार हामी गर्दैनौ भनेर फर्काए’, मुसलवानले भने।
त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए। प्रमुख जिल्ला अधिकारी (सीडीओ)समक्ष गुनासो गरे। सीडीओले फोन गरी उपचार गर्न निर्देशन दिएपछि डाक्टरहरू अस्पतालबाहिरैै चेकजाँच गर्न तयार भए। तर, उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै निशाको प्राण गइसकेको थियो।
आइतबार राति उनलाई निजी सवारी साधनमा राखेर अस्पताल पुर्याइएको थियो। अस्पतालले भर्ना नलिँदा बुहारीको मृत्यु भएको गुनासो मुसलवानले गरे। निशाका दुई छोरा र दुई छोरी छन्।
वडाध्यक्ष श्यामनारायण उपाध्यायले अस्पतालले भर्ना नलिँदा बिरामीले उपचार नपाएको बताए। भैरहवाबाट पुनः कपिलवस्तु ल्याए पनि अस्पताल परिसरमै चिकित्सकले मृत घोषणा गरेको उनले सुनाए। ‘अस्पतालले उपचार गरेको भए उनको मृत्यु हुँदैनथ्यो’, उनले भने।
निशालाई एक साताअघि पनि ज्वरो आएको थियो। तौलिहवाकै मेडिकलबाट औषधि लगेर उनले सेवन गरेकी थिइन्। मेडिकल सञ्चालकले सामान्य टाइफाइड भन्दै औषधि दिएका थिए। मुसलवानका अनुसार त्यही औषधिले ज्वरो ठीक भएको थियो। कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले एम्बुलेन्समै बिरामीको ज्यान गएको स्वीकार गरे। ‘मृतकलाई कसरी भर्ना गर्ने ? ’, उनले भने। त्यसअघि नै अस्पताल लगेको विषय भने उनले टारेका छन्।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पताल आएर भैरहवा गएको विषयमा आफूले जानकारी नपाएको बताए। ‘पछिल्लो पटक अस्पताल आउँदा डाक्टरले रेस्पोन्स गरेका छन्’, उनले भने, ‘त्यसअघिको विषय भने मलाई जानकारी छैन।’
भैरहवाको युनिभर्सल मेडिकल कलेजले केही दिनअघि मात्रै बुटवलका एक बिरामीलाई उपचार नगरी फर्काएको थियो। खुट्टा भाँच्चिएर अस्पताल पुगेका उनलाई ज्वरो आएको भन्दै फिर्ता गरिएको थियो।
सरकारले उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भने पनि बिरामी मृत्यु शृंखला निरन्तर छ। निजी अस्पताल, मेडिकल कलेज मात्र होइन, सरकारी अस्पतालले नै उपचारमा आनाकानी गरिरहेका छन्। बुटवलमा नौ दिनअघि बिरामीको उपचार नहुँदा मृत्यु भएको थियो।
नौ दिनसम्म उठेन शव
बुटवलको कोरोना अस्पतालमा नौ दिनअघि मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठाइएको छैन। अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै थापाका आफन्तले शव नबुझेका हुन्। उनीहरूले मृत्युको कारण बताउन अस्पताल प्रशासनसँग माग गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरले बनाएको कोरोना अस्पतालले सो विषयमा जानकारी गराएको छैन।
पाल्पा रिब्दिकोट घर भई रुपन्देहीको सैनामैना बस्दै आएका थापा ज्वरो आएर चैत १३ गते अस्पताल पुगेका थिए। उनको १६ गते निधन भएको थियो। तीन दिनसम्म उनको कोरोना परीक्षण नभएको र उपचारसमेत नगरिएको गुनासो परिवारले गरेको छ। आजको अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!