३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

भारतबाट आउनेक्रम रोकिएन थप २२९ चेकपोष्ट राख्ने तयारीमा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

जनकपुरधाम लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ । यसअघि प्रदेशका नाकामा १ सयको हाराहारीमा चेकपोस्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्याइएको हो ।
लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोस्ट संख्या बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न काकीले जानकारी दिए । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको संख्या बढाइएको उनले बताए ।
‘प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेक पोष्ट थियो,’ डीआईजी कार्कीले भने, ‘अहिले त्यसलाई बढाएर ३ सय २९ पुर्याएका छौं ।’
भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट बनाइएको उनले बताए ।
सीमा नाकामा चेकपोष्ट थपेर भारततर्फका एसएसबी, थानेदार, दरोगा, डीएमहरुसँग नियमित सम्पर्क र समन्वय गरिरहेको कार्कीले बताए । ‘यताका मान्छे उता नजान र उताका यता आउन नदिन दुवै देशका सुरक्षा अधिकारीले मिलेर काम गरिरहेका छौं,’ डीआईजी कार्कीले दुई देशका सुरक्षा अधिकारीबीचको समन्वयबारे जानकारी दिँदै भने ।
लुकेर बसेका पक्राउ
भारतको विभिन्न ठाउँबाट आएर आफ्नो घरमा लुकेका सात जनालाई सप्तरी सदरमुकाम राजविराजको विभिन्न ठाउँबाट फेला पारी क्वारेन्टाइनमा राखिएको छ ।
भारतबाट आई बारा, पर्सालगायतका स्थानमा लुकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको छ । दुई दिनअघि मात्रै महोत्तरीमा भारतबाट आएका १५ जना बालकलाई फेला पारिएको छ ।
सीमावर्ती क्षेत्रमा निगरानी समिति बनाइँदै
कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रहरीले आफ्नो निगरानी राख्दै स्थानीय नागरिकको समेत निगरानी बढाउने भएको छ । नागरिक पनि बिनाबर्दीको प्रहरी भएको भन्दै उनले सीमावर्ती क्षेत्रमा नागरिक सम्मिलित समिति बनाउन लागिएको जानकारी दिए । सीमातिरका स्थानीय तह र त्यसभित्रका वडाहरुमा पनि समिति बनाइने उनले बताए । समितिले भारतबाट कोहि आए त्यसको निगरानी गर्ने र तत्कालै क्वारेन्टाइनमा पठाउने काम गर्ने डीअइजी कार्कीको भनाए ।
‘समिति पदाधिकारीले कुनै नयाँ मान्छे आए तुरन्तै क्वारेन्टाइनमा पठाउँछन,’ उनले भने, ‘त्यसमा हामी पनि सघाउँछौं ।’
निगरानी समिति बनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल भइसकेकाले चाँडै निर्माण हुने उनको भनाइ छ । सभार onlinekhabar

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!