१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित अर्को निर्णय नभएसम्म

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

काठमाडौं चैत २५ गते काठमाडौँ, चैत २५ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण (कोभिड १९ ) को संक्रमण फैलेर समुदाय तहसम्म पुग्ने अवस्थामा रहेको तथा बैशाख ३ गतेसम्म देशभर लकडाउन जारी रहेको अवस्थामा परीक्षा गर्न नसकिने भन्दै हाललाई परीक्षा स्थगन गर्ने निर्णय बोर्डले गरेको हो ।
बोर्डले २०७७ सालको बैशाख ८ गतेबाट कक्षा १२ तथा बैशाख २१ गतेबाट ११ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अब संक्रमणको त्रास कम भएर जनजीवन सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गरिने जानकारी बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दिनुभयो ।
यसका साथै कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन हटेर मुलुकभरको जनजीवन सामान्य नभएसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने बोर्डले जनाएको गरेको छ । साथै एसईई परीक्षा हुने नयाँ कार्यतालिका प्रकाशन नगरिएको र परीक्षा हाल स्थगनकै अवस्थामा रहेको बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन जारी रहेको तथा संक्रमणको त्रास कायमै रहेको अवस्थामा एसईई परीक्षा कहिले गर्न सकिन्छ भन्ने कुरा यकिन नै गर्न नसकिएको बताउनुभयो । यस अवस्थामा कुनै पनि भ्रममा नपर्न, धैर्य गर्न विद्यार्थी तथा अभिभावकलाई बोर्डले आहन गरिएको छ । ‘विद्यार्थीमा कोरोना भाइरसको भय, त्रास रहेको अवस्थामा परीक्षा गर्न सकिने सम्भावना हुँदैन, मुलुकभरको अवस्था सामान्य नभएसम्म परीक्षा गर्न सम्भव देखिदैन’ परीक्षा नियन्त्रक खकुरेलले बताउनुभयो ।
लकडाउन खुलेर जनजीवन सामान्य हुने थालेपछि पनि परीक्षाका लागि विद्यार्थीलाई केही दिन समय दिइने जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभयो ।
एसईईमा अनिवार्य छ वटा विषयको प्रश्नपत्र प्रदेश पिच्छे अलग अलग गरिए पनि दुई वटा ऐच्छिक विषयको प्रश्नपत्र भने सबै प्रदेशबाट परीक्षा दिने विद्यार्थीको एउटै बनाइएको छ । यो अवस्थामा एसईईको परीक्षा गर्न देशभरकै जनजीवन सामान्य हुनुपर्ने र त्यसकै प्रतिक्षा भइरहेको बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]