२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित अर्को निर्णय नभएसम्म

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

काठमाडौं चैत २५ गते काठमाडौँ, चैत २५ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण (कोभिड १९ ) को संक्रमण फैलेर समुदाय तहसम्म पुग्ने अवस्थामा रहेको तथा बैशाख ३ गतेसम्म देशभर लकडाउन जारी रहेको अवस्थामा परीक्षा गर्न नसकिने भन्दै हाललाई परीक्षा स्थगन गर्ने निर्णय बोर्डले गरेको हो ।
बोर्डले २०७७ सालको बैशाख ८ गतेबाट कक्षा १२ तथा बैशाख २१ गतेबाट ११ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अब संक्रमणको त्रास कम भएर जनजीवन सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गरिने जानकारी बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दिनुभयो ।
यसका साथै कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन हटेर मुलुकभरको जनजीवन सामान्य नभएसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने बोर्डले जनाएको गरेको छ । साथै एसईई परीक्षा हुने नयाँ कार्यतालिका प्रकाशन नगरिएको र परीक्षा हाल स्थगनकै अवस्थामा रहेको बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन जारी रहेको तथा संक्रमणको त्रास कायमै रहेको अवस्थामा एसईई परीक्षा कहिले गर्न सकिन्छ भन्ने कुरा यकिन नै गर्न नसकिएको बताउनुभयो । यस अवस्थामा कुनै पनि भ्रममा नपर्न, धैर्य गर्न विद्यार्थी तथा अभिभावकलाई बोर्डले आहन गरिएको छ । ‘विद्यार्थीमा कोरोना भाइरसको भय, त्रास रहेको अवस्थामा परीक्षा गर्न सकिने सम्भावना हुँदैन, मुलुकभरको अवस्था सामान्य नभएसम्म परीक्षा गर्न सम्भव देखिदैन’ परीक्षा नियन्त्रक खकुरेलले बताउनुभयो ।
लकडाउन खुलेर जनजीवन सामान्य हुने थालेपछि पनि परीक्षाका लागि विद्यार्थीलाई केही दिन समय दिइने जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभयो ।
एसईईमा अनिवार्य छ वटा विषयको प्रश्नपत्र प्रदेश पिच्छे अलग अलग गरिए पनि दुई वटा ऐच्छिक विषयको प्रश्नपत्र भने सबै प्रदेशबाट परीक्षा दिने विद्यार्थीको एउटै बनाइएको छ । यो अवस्थामा एसईईको परीक्षा गर्न देशभरकै जनजीवन सामान्य हुनुपर्ने र त्यसकै प्रतिक्षा भइरहेको बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!