२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

दुबैजना रिपोर्टस क्लबमा नरहेको कडा कार्वाहीको माग दाङ संयोजक : रेग्मि

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(एबिसी क्राइम ब्युरो)
दाङमा पत्रकार हुँ भन्दै लकडाउनको समयमा वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिडिरहेका तुलसिपुर उपमहानगरपालिका १७ का १८ वर्षिय मेघराज सुनारलाई दाङ दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिले रिपोर्टस क्लव दाङको रिपोर्टर भनि खिमबहादुर डिसिको नाममा नक्कलि परिचयपत्र देखाएकोले पाँच नम्बर प्रदेश भरि सो दुबै नामको व्यक्ति रिपोर्टस क्लबमा नरहेको प्रदेश संयोजकको तर्फबाट शरद रेग्मिले स्पष्ट पारेका छन् । साथै पक्राउ परेका व्यक्ति र रिपोर्टस क्लबको नक्कलि परिचयपत्र बनाएका खिम बहादुर डिसिलाई पनि आवश्यक कार्बाहिको लागि दाङ प्रहरी समक्ष उनले अनुरोध समेत गरेका छन् । दाङ सहित पर्देश नम्बर ५ मा रहेका करिब दुई सय बढि क्रियाशिल पत्रकारहरुको चम्किलो फोरमका रुपमा रहेको साझा सस्था रिपोटर्स क्लब दाङको नाम बदनाम गराउन किर्तेकाम गर्ने जोकोहिलाई पनि कानुन अनुसार कार्बाहिको लागि स्थानिय प्रशासन समक्ष उनले माग गरे ।
साथै विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पु¥याउन महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा रेग्मिले गरेका छन् । यो चुनौति र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न सबैमा रिपोटर्स क्लबले आह्वान पनि गरेको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!