११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

सङ्कटकाे घडीमा धैर्य गर्न दाङ सिडियो रिजालको अाग्रह

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(बिदुर एमसी) सङ्कट र अप्ठ्यारो समयमा नअात्तिन र धैर्यता गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । काेभिड १९, नाेवेल काेराेना भाइरसबाट सुरक्षित रहनका लागि नै जे जस्तो समस्या र दुख सहनुपरे तापनि त्याे नै सबैका लागि ठूलो उपलब्धि हुने उनको सल्लाह छ । बुधबार अपरान्ह कार्यालय परिसरमा रहेको उनको निवासमा विद्यमान लक डाउनकाे विषयमा प्रतिक्रिया लिन गएका एविसी सञ्चारकर्मिसङ्ग प्रजिअ रिजालले साेकुरा बताएका हुन् । देशका अन्य भागमा जस्तै दाङका नागरिकहरुले पनि सरकारले अाव्हान गरेको लक डाउनलाई अत्यन्तै साहसका साथ दुखकष्ट सहेर पूर्ण रूपमा पालना गरेकोमा खुशी व्यक्त गरे । लक डाउन शव्दकाे अर्थ नै आफूलाई आफैंले बन्द गरेर बस्नु हो, यस्तो अवस्थामा प्रशासन तथा अरु कसैले पनि दवाव दिन मिल्दैन प्रजिअ रिजालले स्पष्ट पारे ।साथै लक डाउनमा घरमै बसेका नागरिकहरुलाई विभिन्न सरोकारवालाहरुसङ्ग सहकार्य गरेर दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुहरुको आपूर्तिमा सहजता ल्याउने पनि उनले कुराकानीका क्रममा उल्लेख गरेका छन् । काेराेना भाइरसका कारणले सङ्क्रमण भएर ठूलो जनधनको नाेक्सान व्यहोर्नुभन्दा त बरु यस्तै दुखसुख सहेर भएपनि त्यो नाेक्सानीबाट बच्नु नै हाम्रो लागि महान विजय हाे, प्रजिअ रिजालले सबै अाम नागरिकलाई आग्रह गरे ।आफ्नो सुरक्षाका लागि आफैंले स्वस्थताका नियमहरु पालना गर्न सबैलाई सुझाव दिदै रिजालले यस्तो अत्यन्तै कठिन र सङ्गिन परिस्थितिमा पनि अाफ्नाे जीउधनको प्रवाह नगरीकन आम नागरिकहरुको सेवा र सुरक्षामा अहोरात्र खट्ने सञ्चारकर्मि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आफू सुरक्षित रहेर काॠ सम्पादन गर्नुपर्ने सल्लाह दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!