१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

भारतमा नेपालीको बिचल्ली सडक पेटीमै दिनरात बिताउँन बाध्य

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

विगत ६ वर्ष देखि महाराष्ट्रको मुम्बइस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ ।
निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उनी तिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त छन् । ‘घरबाट बुवा/आमाको रातो टीका र धन कमाउने आशिर्वाद लिएर विदा सकेर चार महिनाअघि मात्रै काममा फर्किए’ मुम्बइबाट टेलिफोनमा उनले भने, ‘अब त धन कमाएर घर पठाउनेभन्दा पनि बाँच्न नै मुश्किल पर्यो ।’
उनीसँग उक्त होटलमा कार्यरत दोधारा चादँनीका चार युवक लकडाउनदेखि आश्रय लिइरहेका छन् । उनले कञ्चनपुर, कैलाली र बैतडीलगायत जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिए ।
‘धेरैलाई त घरबेटी नै निकाल्दैछन्’ उनले भने, ‘जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाउन् ।’ उनले आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको बताए । ‘सुदूरपश्चिमका मात्रै यहाँ अलपत्र परेका ३०० जति सम्पर्कमा छन्’ उनले भने, ‘सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस् ।’
कार्कीले दैनिक जसो मुम्बइ र आसपासका क्षेत्रमा नेपाली मजदूरहरुले व्यहोरी रहेको समस्या सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । ‘यहाँ रहेकाको बेदना कसैले सुन्छन् कि भनेर सामाजिक सञ्जालको सहारा लिइरहेका छौँ ‘ उनले भने, ‘हामीलाई उद्धारका लागि पहल गर्न आग्रह गर्छौँ ।’
उनले सीमा क्षेत्रको अवस्था केही समयका लागि सामान्य बनाएर नेपालीलाई स्वदेशकै क्वारेन्टाइनमा पुर्याउन माग गरे । ‘कोरोनाको जोखिमप्रति हामी पनि चिन्तित छौँ’ उनले भने, ‘नेपालबाट हामीलाई लिन बस पठाइ दिए हामी आफै बस भाडा तिर्थ्यौं भन्नेमा छौँ ।’
बैतडीका जगदीश भण्डारीले ६० जना मजदुर मुम्बइमा अलपत्र परेको जानकारी दिए । ‘होटलको स्टाफ रुपमा कोचिएर रात दिन काट्नुपर्ने अवस्था छ’ उनले भने, ‘अरु बिरामी पर्दा औषधि लिन सुरक्षाकर्मीले जान दिएको अवस्था छैन ।’
त्यसैगरी मुम्बइको अन्धेरीमा होटलमा काम गर्दै आइरहेका कञ्चनपुरको दोधारा चादँनीका राजेन्द्र चन्दले लकडाउनका कारण होटल साहुले घर जान दबाब दिइरहेको बताए । ‘खान, बस्न त अहिलेसम्म ठिकै थियो’ चन्दले भने, ‘हिजो साहुले लकडाउन लम्बिन्छ घर जाउँ भन्यो ।’
उनले आफू पारिवारिक पस्थितिले तीन महिनाघि मुम्बइ आएको बताउँदै उद्धारका लागि सरकारले ध्यान दिनुपर्ने बताए । ‘भारतीय सरकारसित यहाँ रहेका अलपत्र नेपालीको खानपिन र बसोबासका लागि समन्वय गरिदिए पनि हुन्थ्यो’ उनले दुखेसो गरे, ‘नेपाली बिरामी परे पनि अस्पताल पुर्यादिने छाँट छैन ।’
त्यसैगरी कञ्चनपुरको बेल्डाँडी–३ का जनकराज भट्ट पनि मुम्बइमा समस्यामा परेका छन् । उनले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोखे । ‘दूतावासको फोन नै उठदैन’ उनले भने, ‘उठाइहाले पनि कोही बोल्दैनन् ।’
यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बइ, पुना, बैंग्लोर, पञ्जाव, हरिद्धार, लोहाघाट, पिथौरागढलगायतका क्षेत्रमा जाने गर्छन् ।
सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको सङ्क्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ४३ हजार नागरिक यहाँका नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।
भारतबाट घर फर्किएकामध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका र कैलालीको लम्की चुहा नगरपालिकाकाका एक/एक जनामा कोरोनाका सङ्क्रमण देखिएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दार्चुलाको सीमावर्ती भारतीय बजार धारचुलादेखि कञ्चनपुरको टनकपुर हुँदै बनवासासम्म गरी करिब एक हजार १०० भन्दा बढी नेपाली त्यहाँ क्वारेन्टाइनमा बसिरहेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!